कर्णालीमा सोह्रौं बैठक पनि एमालेद्धारा अवरुद्ध

सुर्खेत । कर्णाली प्रदेश प्रदेश सभाको आठौं अधिबेशनको सोह्रौ बैठक पनि नेकपा एमालेद्धारा अवरुद्ध भएको छ । बैठक असार २९ गते मंगलबार दिउँसो २ बजेसम्मको लागि स्थगित भएको सभामुख राजबहादुर शाहीले जानकारी दिए ।
पटक पटक बैठक अवरुद्ध गर्दै आएको एमालेको माग भने फेरिएको छैन । असार २७ गते आज आइतबार बसेको सोह्रौं बैठक पनि एमालेले अवरुद्ध गरेको हो । विगत जस्तै रोष्टममा एमालेका सांसद उभिएरै एमालेबाट मन्त्री बनेकाहरुको विरोध जनाएका थिए ।
एमाले सत्ता पक्ष र प्रतिपक्षी हुँदैन् भन्दै सभा अवरुद्ध गरेका हुन् । महिनौंदेखि प्रदेश सभाको बजेट अधिवेशनको बैठक चल्न सकेको छैन ।






