मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन ग्यास बिक्री वितरण

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयको सिफारिसबिना अक्सिजन ग्यासको सिलिन्डर बिक्री वितरण नगर्न अनुरोध गरेको छ। मन्त्रालयले कोभिड–१९ का संक्रमितको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि ग्यास उत्पादकलाई पत्र लेख्दै मन्त्रालयको सिफारिसबिना कुनै पनि सरकारी वा निजी अस्पताललाई अक्सिजन ग्यास सिलिन्डर बिक्री वितरण नगर्न अनुरोध गरेको हो ।

मन्त्रालयको विपद् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका महाशाखा प्रमुख डा. गुणराज लोहनीले सूचना जारी गर्दै कोभिड–१९ को दोस्रो लहरका कारणले धेरै संक्रमितलाई अक्सिजन आवश्यक पर्ने भएकाले ग्यास उत्पादकलाई मन्त्रालयको सिफारिसबिना अस्पताललाई ग्यासको सिलिन्डर बिक्री वितरण नगर्न अनुरोध गरेको हो ।

‘कोभिड–१९ महामारीको दोस्रो लहरमा धेरै संक्रमितलाई अक्सिजनको आवश्यकता परिरहेको सन्र्दभमा अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्न आवश्यक भएकाले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसबिना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई ग्यास सिलिन्डर भरी बिक्री वितरण नगर्न हुन अनुरोध गरिन्छ,’ जारी सूचनामा भनिएको छ ।

मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन ग्यास बिक्री वितरण

YUGAAWHAN NATIONAL DAILY (2078-01-26)

मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन ग्यास बिक्री वितरण

बार्यन म्युनिख लगातार नवौं पटक बन्यो च्याम्पियन

Leave a comment

Your email address will not be published. Required fields are marked *