घुयँत्राे:”हार्नेहरूकै पुनः प्रयोग: एमालेको ‘रिसाइकल अभियान’ सुरु”

एमाल्याँ नेता कार्यकर्ता सक्किया हुन कि वलि आफ्ना तिनै दले झाेलेबाहेक अरुलाई राजनितीयाँ ल्याउन र आउनै दिन्नन । भख्खरै सक्किया चुनाबाँ नाङ्गै हुने गरि हार खाएर जनता` ट तिरस्कृत भाका नेतालाईनै भट्टाभट उठाउँदै पाटि संगठन बनाउन पठाउँदैछन त वलि बा ! हुनत हाम्लाई भन्दिनपाे सजिलाे छ । कार्यकर्ता परिचालन गर्नेलाई त गाह्राे छ नि ३० बर्षदेखिकाे शासन सत्ताँ खाएर ढाडियकाहरु नै अगाडि आउँछन त कार्यकर्ता परिचालन गर्नेले नि कसरी गराेस के ! पाटिभित्र सबै तिनै पुराना कार्यकर्ता हुन नयाँ कताट ल्याउनु र पठाउनु के ! जब आफ्ना उत्पादननै त्यस्तै छन त जनताले नत्यागेका शुध्द कार्यकर्ता काँ` ट ल्याउने र पाटिकाे गतिविधि चलाउने तनि ! मान्छे उनै हुन ! त्यसै त पुराना दल ( एमाले )ले चुनाब हार्याे अब हरूवा दलसित किन बस्ने भनेर मान्छेजति रास्वपाँ फाल हालि सके । रास्वपाका लागि पाे ऐले नयाँ नयाँ मान्छे पाईन्छन । एमाल्याँ नयाँ मान्छे खाेजेर काँ पाउनु के ! त्यसैले पाटिका शुभचिन्तक साथिहरु बाले जिल्ला जिल्लाँ जाे जाे नेताहरलाई खटाएर पाटि सुदृढीकरण गर्ने भन्नू भाछ तिनलाई हाँसिखुशि समर्थन गर्नाेस र उनले खटा काम गर्नाेस । अघिल्लो चुनाबाँ त जनताले एमालेले खाेजिखाेजि पछारेर । अबकाे स्थानीय चुनाबाँनि त्यस्तै भाे भने त फेरि राजनीति गर्ने बाटै रहन्न ।
तपाईँहरु साँच्चिकै एमाल्या कार्यकर्ता हाेभने हिजाे जसरि बाले विधान संसाेधन गरेर अध्यक्ष भन्ने पदाँ जसरि उमेरकाे हदबन्दी नलाग्ने र जतिपटकनि अध्यक्ष हुन पाउने भनेर प्रस्ताव राख्दा आँखा चिम्म गरेर तालि पिटनुभाे र एमाल्याँ भाका वलिबाहेक अरु सब्बै पशु हुन वलिले जे गर्न र गराउन खाेज्छन त्यसलाई आँखा चिम्लेर समर्थन गर्नु पर्छ भन्नू भाे अनि ऐले वलिबाले खटाका मान्छ्याँ खाेट देख्नु त भएनत ! एमालेहरले त जुनबेलाँ वलिलाई फेरि अध्यक्ष बनाउने भनेर वलिकाे भतेराँ भात खाए त्यति बेलानै आफ्नाे विबेक धराैटियाँ राखे । अब तिमरकाे विबेक बाले २५ बर्षका लागि धराैटियाँ राखि सके । त्यसैले स्थानीय चुनाबाँ बहुमत ल्याएर देखाएर २५ बर्ष पाटि अध्यक्ष खाएर देखाउने लक्ष्य लिएर बाले अब यिनै कार्यकर्ताकाे खटनपटनबाट चुनाबि मनर्चपास शुरु गरिसके त्यसैले एमाल्या साथिहरु कल्ले चुनाब हार्याे वा जित्याे भनेर नहेर्नाेस चुनाब त के बाले नि त हार्नू भा हाे क्यारे ! तर ह्वाँ टस्किमस् नभएर चुनाब प्रचारमात्रै हैन पाटि अध्यक्षा` ट राजिनाम दे भन्नेहरुका विरुद्ध पनि त लडि राख्नु भा छ क्यारे ! एकातिर जेनजीले भागाभाग बनाकाे अबस्था, अर्कोतिर भष्टाचारीकाे आराेपाँ जेल गाकाे अबस्था अनि अर्काेतिर चुनाबाँ पाटिकाे नराम्रोशीत भाकाे चुनाबि हार अनि २५ कर्ष सत्ता चलाउँछु भनेर बनाकाे प्लानमा आँफैले चुनाब हार्दाकाे दुखद अनुभव कम्ता पिर छ बालाई तर पनि बा डगमग नभएर फेरि संगठन निर्माण र स्थानीय चुनाबकाे तयारी गर्न कार्यकर्ता गाउँगाउँ दाैडाउनु कम्ता कुरा हाे । के भन्न सकिन्छ र गाउँमा हिजाेका एमाले आज रास्वपा भै सकेर कार्यकर्तालाई बास र गाँस नदिएर रातारात दाैडन मात्रै बनाउने हुन कि । त्यसै त एमाले त्यसाँ नि चुनाब जित्न नसकेर लाखा पाखा लाग्या बेलाँ सत्ताधारीकाे मुख हेरेर गाउँका एमाले जति सबै रास्वपा पाे भै सक्या रैछन भने फेरि स्थानीय चुनाबाँ दलकाे के हालत हुने हाे ! त्यति मात्रै हाे र २५ बर्षे शासन चलाउने बा काे सपनाँ पानी फेर्दिने काम त कार्यकर्ताले गर्नु भएन नि त्यसैले साथिहरु जिल्ला जिल्लाँ जाे जाे खटेर आछन तिनलाई भगमानै मानेर पछि लाग्नाेस ! के भन्न सकिन्छ र हिजाे पाे ९ लाखमात्रै संगठित सदस्य भएर चुनाब हारियाे अब १८ लाख सदस्य भएर चुनाब जितियाे भने त आफू पनि त मालामाल हाेईएला क्यारे । त्यसैलेनि साथिहरु हिजाे चुपचाप घण्टी छाप भनेर रास्वपाले भ्याए अब ऐले “चुपचाप एमालेलाई साथ “भनेर लाग्नाेस अनि तिनै रास्वपालाई चाराेंखाने चित बनाईदिनाेस । के छ र जनता भन्या तिनै त हुन कैले पल्लाे घाट अनि कैले वल्लाेतिर ! हैन्त !






