बार्यन म्युनिख लगातार नवौं पटक बन्यो च्याम्पियन

एजेन्सी । बार्यन म्युनिखले बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ। लगातार नवौँ सिजन च्याम्पियन बनेको हो ।

जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक गोलमा बोरुसिया मोन्चेङ्ग्लाडवाचलाई ६–० ले पराजित गरेको बार्यन म्युनिख दुई खेल बाँकी हुँदै च्याम्पियन बनेको हो ।

यो जित भन्दा केही घण्टा पहिले नै बार्यनको उपाधि पक्का भएको थियो, जब नजिकको दाबेदार आरबी लेइप्जिग बोरुसिया डर्टमुण्डसँग ३–२ ले पराजित भएको थियो ।

उपाधि पक्का भएपछि भएको खेलमा बार्यनले बोरुसिया मोन्चेङ्ग्लाडवाचमाथि आधा दर्जन गोल प्रहार गरेको हो। लेवान्डोस्कीले दोस्रो, ३४ तथा ६५ औँ मिनेटमा गोल गरे ।

यस्तै थोमस मुलरले २३, कोम्यानले ४४ तथा लिरोय सानेले ८५ औँ मिनेटमा गोल गरे । ७५ औँ मिनेटमा निएन्जोउ सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि बार्यन १० खेलाडीमा सीमित भएको थियो।

लगातार नवौँ सिजन उपाधि पक्का गरेको बार्यनको जितपछि ३२ खेलबाट ७४ अंक भएको छ। दोस्रो स्थानको आरबीको ६४ अंक छ ।

बार्यन म्युनिख लगातार नवौं पटक बन्यो च्याम्पियन

ला लिगा : बार्सिलोना बराबरीमा रोकियो

Leave a comment

Your email address will not be published. Required fields are marked *