कर्णाली प्रदेशसभा निरन्तर अवरुद्ध, बजेटमाथिकाे छलफल अन्यौल

सुर्खेत । कर्णाली प्रदेशसभा बैठक बिहीबार पनि अवरूद्ध भएको छ। नेकपा एमालेका सांसदहरूको विरोध पछि १५ मिनेटमै बैठक अवरूद्ध भएको हो।

दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको आठौँ अधिवेशनको १५ औँ बैठक करिब ३ बजे पछि मात्रै सुरू भएको थियो। बैठक सुरू भएलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरू रोष्टममै उभिएर विरोध जनाए।

सभामुख राजबहादुर शाहीले पटकपटक आसनग्रहण गर्न अनुरोध गर्दा पनि नटेरेपछि असार २७ गते दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरे। आजको बैठकमा एमाले सांसद तथा पूर्व सामाजिक विकास मन्त्री दल रावलले एमालेले पार्टीभित्रको विवाद समाधान नहुञ्जेलसम्म सदन चल्न नदिने बताए।

उनले सभामुख राजबहादुर शाहीलाई प्रश्न गदै भने ‘सभामुख महोदय हाम्रो पार्टीले नैतिक ढंगले राजनीतिक मुद्दा उठाएको छ। यो तर्फ सरकारको ध्यान किन छैन ? ३९ सिट रहेको प्रदेशसभामा २० सिट एमालेको हुँदाहुँदै पनि १८ सिट रहेका दुई वटा दलहरूले सरकार चलाइरहेका छन्।’

३९ जना प्रदेशसभा सदस्यहरूमा सभामुख शाहीसहित एमालेका २० जना, माओवादी केन्द्रका र नेपाली कांग्रेस गरी १८ जना र राप्रपाका एक जना छन्। एमालेको आन्तरिक विवाद नमिल्दा बजेटमाथिको छलफल अन्यौलमा परेको छ।

असार १ गतेदेखि बैठक नियमित रूपमा बस्न सकेको छैन्। गत जेठ २४ गते दिउँसो २ गते देखि सुचारू भएको प्रदेशसभा बैठक एमालेले अवरूद्ध गर्दै आएको छ।

असार १ गते चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पास भएपछि बजेटमाथि हुने छलफलका लागि असार ४, ६, ८, ९ गते बोलाइएको बैठक पनि बस्न सकेको थिएन। त्यसपछि असार ११, १३, १८, गते हुँदै आज बसेको बैठक पनि अवरूद्ध भएकाे छ।

कर्णाली प्रदेशसभा निरन्तर अवरुद्ध, बजेटमाथिकाे छलफल अन्यौल

खड्काले घोषाणा गरे आसन्न नगर सभापतिको उम्मेदवारी

Leave a comment

Your email address will not be published. Required fields are marked *