अमेरिकामा भवन भत्किँदा बेपत्ता भएका मध्ये थप १८ जनाको शव फेला

एजेन्सी । अमेरिकाको फ्लोरिडास्थित मियामीमा एक आवसीय भवन भत्किँदा बेपत्ता भएकामध्ये थप १८ जनाको शव फेला परेको छ। योसहित घटनामा मृत्यु हुनेको संख्या ५४ पुगेको छ।

भवन भत्किँदा पुरिएका ८६ जना अझै बेपत्ता छन्। दुई हप्ताअघि मियामीको समुद्री तटमा रहेको १२ तले आवसीय भवन भत्किएको थियो। पछिल्लो पटक १८ जनाको शव भेटिएसँगै त्यहाँको स्थानीय सरकारले ‘खोज तथा उद्धार’ अभियानलाई ‘खोज तथा उत्खनन्’ अभियानमा रुपान्तरण गरेको छ।

लामो समयसम्मको खोज तथा उद्धारमा सफलता हात पार्न नसकेपछि भत्किएको भवनसँग जोडिएको अर्को भवन पनि भत्काइएको छ। अधिकारीहरुका अनुसार खोजी कार्यमा संलग्न कर्मचारीहरु भने दुई हप्तादेखि नै रातदिन काम गरिरहेका छन्।

काउन्टी मेयर कार्लेस बुर्केटले खोज तथा उद्धार दलका सदस्यहरु दिनरात ठूला उपकरणहरुको प्रयोग गरी काममा खटिइरहेको जानकारी दिए। भत्किएको भवनबाट अहिलेसम्म ३१ लाख किलोभन्दा बढी भग्नावशेष हटाइसकिएको छ।

अमेरिकामा भवन भत्किँदा बेपत्ता भएका मध्ये थप १८ जनाको शव फेला

पूर्वराष्ट्रपति जुमाद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

अमेरिकामा भवन भत्किँदा बेपत्ता भएका मध्ये थप १८ जनाको शव फेला

कार्यदल बैठक सकियो, बेलुका ७ बजे निर्णायक

Leave a comment

Your email address will not be published. Required fields are marked *