कार्यदल बैठक सकियो, बेलुका ७ बजे निर्णायक वार्तामा बस्‍ने

काठमाडौं  । नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सकिएको छ । बैठक सकारात्मक दिशामा अघि बढेकाले बेलुका फेरि बस्ने ओली पक्षबाट कार्यदलको नेतृत्व गरेका सुवास नेम्वाङले दाबी गरे।

उनले भने, ‘बैठक सकारात्मक भएको छ। केही तयारी गरेर बेलुकी सात बजे बस्‍ने बैठकबाट निष्कर्षमा पुग्छौँ। बेलुका बस्ने बैठकले एउटा निर्णायक सहमति दिने हाम्रो प्रयास हो।’ बैठकअघि नेता माधवकुमार नेपाललाई भेट्न उपाध्यक्ष भीम रावल कोटेश्वर पुगेको थिए। त्यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षका नेता विष्णु पौडेललाई भेटवार्ता भएको थियो।

ओली र नेपालबीच हिजो बेलुकी होटल मेरियटमा २ घण्टा छलफल भएको थियो। हिजो बेलुकी सुरुमा दुवै तर्फका दुई दुई जना कार्यदल सदस्यहरुसहित छलफल भएपछि दुई शीर्ष नेताबीच एक्ला एक्लै छलफल भएको थियो।

अध्यक्ष ओलीले नेपालसँगको वार्तापछि केहीबेर कार्यदलका सदस्यहरुसँग पनि छलफल गरेका थिए। छलफलबाट बाहिरिने क्रममा नेपाल पक्षीय कार्यदल संयोजक भीम रावल र सदस्य सुरेन्द्र पाण्डेले पार्टीभित्रको आन्तरिक विवाद सहमति नजिक पुगेको बताएका थिए ।​

कार्यदल बैठक सकियो, बेलुका ७ बजे निर्णायक वार्तामा बस्‍ने

अमेरिकामा भवन भत्किँदा बेपत्ता भएका मध्ये थप

कार्यदल बैठक सकियो, बेलुका ७ बजे निर्णायक वार्तामा बस्‍ने

हिमाञ्चल प्रदेशका पूर्व मुख्यमन्त्री सिंहको निधन

Leave a comment

Your email address will not be published. Required fields are marked *