युरोपा लिगको फाइनलमा म्यानचेस्टर युनाइटेड र भिल्लारियल भिड्ने

म्यानचेस्टर युनाइटेड र भिल्लारियल यस वर्षको युइएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेका छन् ।

गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर युनाइटेड एएस रोमासँग ३-२ गोल अन्तरले पराजित भएपनि समग्रमा ८-५ गोल अन्तरले विजयी हुदै फाइनलमा पुगेको हो। यस अघि पहिलो लिगमा म्यानचेस्टर युनाइटेड ६-२ गोल अन्तरले विजयी भएको थियो।

दोस्रो लिगमा रोमाको जितमा एडिन डिजेको, ब्रयान क्रिस्टेन्टले एक एक गोल गरेका थिए भने एक गोल म्यानचेस्टर युनाइटेडका एलेक्स टेलेजले आत्मघाती गोल गरेका थिए। त्यसैगरी म्यानचेस्टर युनाइटेडका लागि दुवै गोल एडिसन कभानीले गरेका थिए।

त्यस्तै दोस्रो सेमिफाइनलमा भिल्ला रियलले आर्सनलसँग दोस्रो लिगमा गोल रहित बराबरी खेल्दै समग्रमा २-१ गोल अन्तरको जितसहित फाइनलमा पुगेको हो। यस अघि सेमिफाइनलको पहिलो लिगमा भिल्ला रियल २(१ गोल अन्तरले विजयी भएको थियो।

योसँगै म्यानचेस्टर युनाइटेड २०१७ पछि फेरी युरोपा लिगको फाइनलमा पुगेको छ। युनाइटेडले २०१७ मा युरोपा लिगको उपाधि जितेको थियो। त्यस्तै भिल्लारियल भने यसअघि चार पटक सम्म सेमिफाइनलबाटै बाहिरिएर पहिलो पटक युरोपा लिगको फाइनलमा पुगेको छ। अब फाइनल खेल मे २६ मा हुने छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *