​पत्रकारको परिचयपत्र नवीकरण अनलाइनबाटै हुने

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ​पत्रकार परिचयपत्रको नवीकरण अब अनलाइन माध्यामबाट गरिने बताएका छन् ।

शुक्रबार ‘छैठौं राष्ट्रिय पत्रकारिता दिवस २०७८’ लाई सम्बोधन गर्दै उनले यस्तो व्यवस्था गर्ने बताएका हुन्।

सरकारका प्रवक्ता समेत रहेका गुरुङले भने,‘पत्रकारले सूचना विभागमा लाइन बसेर प्रेस कार्डको नवीकरण गर्नुपर्ने बाध्यता छ, यसलाई अनलाइनबाटै सबै नवीकरण गर्ने व्यवस्था गर्न लागेका छौँ, कार्यविधि बनाएका छौ, अब पत्रकारकाे याे कथा व्यथाकाे अन्त्य हुन्छ ।’

उनले तालिम लिएर पत्रकारिता गरेमा पत्रकारिता जगतमा प्रभावकारी हुने बताए । आगामी बजेट व्यवस्थामा पत्रकार कल्याणकारी कोष पनि सञ्चालन गर्ने बताए ।

​पत्रकारको परिचयपत्र नवीकरण अनलाइनबाटै हुने

टिकटक बनाउने क्रममा भिरबाट लडेर मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *