टिकटक बनाउने क्रममा भिरबाट लडेर मृत्यु

उदयपुर । टिकटक बनाउने क्रममा भिरबाट लडेर उदयपुरमा एक जनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर सुनसरीको धरान–५ का १८ वर्षीय सुवास परियार छन्।

धरानबाट ओखलढुङ्गा तर्फ जाँदै गरेको सुमोमा चढेका उनी उदयपुरको हर्देनीमा सुमो बिग्रिएपछि ओर्लिएर भिरमा टिकटक बनाउन थालेको प्रहरीले जनाएको छ। टिकटक बनाउँदै गर्दा भिरबाट लडेर उनी गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक एसपी भीमप्रसाद दाहालका अनुसार घाइते परियारलाई कटारी अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको हो। घटनास्थलमा प्रहरी टोली गइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

टिकटक बनाउने क्रममा भिरबाट लडेर मृत्यु

​पत्रकारको परिचयपत्र नवीकरण अनलाइनबाटै हुने

टिकटक बनाउने क्रममा भिरबाट लडेर मृत्यु

नेपाल सुपर लिग : ललितपुर एफसी र

Leave a comment

Your email address will not be published. Required fields are marked *