साढे ७ हजारमा कोरोना परीक्षण गर्दा २६ सय ३४ जनामा संक्रमण
काठमाडौं । पछिल्लो २४ घन्टामा थप २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार ७ हजार ५ सय ३ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७ सय १८ र ५ हजार ८२ एन्टिजेन परीक्षण गर्दा ९ सय १६ जनामा संक्रमण पुष्टि भएको छ हो।
२४ घण्टामा १ हजार ५ सय ६५ जना कोरोनामुक्त भएका छन्। नेपालमा हालसम्म निको हुनेको संख्या ६ लाख १२ हजार ९ सय ९४ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घन्टामा थप १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय ६३ पुगेको छ ।





