बन्यजन्तुको अवैध कारोबार र जुवातासमा संलग्न चीनियाँ गिरोह पक्राउ

काठमाडौं । दुर्लभ बन्यजन्तुको बन्यजन्तुको अखेटोपहारको अवैध कारोबार र जुवातास सट्टाबाजीमा संलग्न चीनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

बाघको छाला, दाँत, कस्तुरीको बिना, गाईको छाला, बुद्वचित्त, रुद्राक्ष सहित प्रहरीले काठमाडौं–१७ ज्याठा क्वाबहालबाट उक्त गिरोह पक्राउ परेको हो ।

महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरबाट खटिएको टोलीले उक्त गिरोहलाई पक्राउ गरेको हो। चीनियाँ नागरिकले संचालन गरेको होटलमा जुवातास खेलाइरहेको अवस्थामा चार जनाको उक्त गिरोहलाई सोमबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुबाट आठ लाख ८९ हजार एक सय ५५ नेपाली रुपैयाँ, जुवातास खेल्न प्रयोग गरेका विद्युतिय टेबल दुई थान, जुवातास खेल्न प्रयोग हुने र महाजोङ खेल्ने प्लाष्टिकको गोटी चार सय १० थान, बिभिन्न कम्पनीका मोबाइल सात थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै बाघको छाला एक थान, गाईको छाला एक थान, कस्तुरीको बिना २० थान, बुद्वचित्त नौ सय थान, करिब २० किलोग्राम रुद्राक्ष, बिभिन्न चीनियाँ बैंकका ३५ थान कार्ड, भौचर पाना लेखिएका २५० थान, भौचर पाना नलेखिएका ६८ थान, बाघको दाँत दुई थान, फलामको धारिलो खुकुरी दुई थान र तरबार एक थान पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

बन्यजन्तुको अवैध कारोबार र जुवातासमा संलग्न चीनियाँ गिरोह पक्राउ

साढे ७ हजारमा कोरोना परीक्षण गर्दा २६

बन्यजन्तुको अवैध कारोबार र जुवातासमा संलग्न चीनियाँ गिरोह पक्राउ

सुजिता भण्डारी प्रकरण : शव फेला परेको

Leave a comment

Your email address will not be published. Required fields are marked *