अपडेट : नाइजेरियामा २७ मध्ये २२ विद्यार्थी अपहरणमुक्त

एजेन्सी । नाइजेरियाको एक विद्यालयबाट अपहरणमा परेका २७ जना बालबालिकालाई सकुशल अपहरणमुक्त गरिएको छ ।

नाइजेरियाको उत्तरपश्चिमी प्रान्त कादुनाबाट अपहरणमा परेका ती बालबालिकालाई प्रहरीले अपहरणमुक्त गरेको बताएको छ । उनीहरूलाई सकुशल अपहरण मुक्त गराइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार नाइजेरियाको दामिसी नगरको एक विद्यालयबाट अपहरणमा परेका उनीहरूलाई मुक्त गरिएको हो। सो विद्यालयबाट उनीहरूलाई सोमबार अज्ञात व्यक्तिहरूले अपहरण गरेका थिए।

साथै त्यहाँबाट अरु पनि कैयौँ विद्यार्थी अपहरणमा परेका थिए। उनीहरूलाई अपहरण गर्ने योजनाका साथ ती अज्ञात व्यक्तिहरू हतियारसहित पुगेका थिए ।

उनीहरूले सो विद्यालयका सुरक्षा गार्डलाई गोली प्रहार गरेर विद्यालय भित्र छिरेका र अपहरण गरेका थिए । छात्रवासमा रहेका विद्यार्थीलाई अपहरण गरिएको प्रहरीले जनाएको छ । बाँकी विद्यार्थीलाई पनि अपहरणमुक्त गराउनका लागि प्रहरीले प्रयास गरिरहेको जनाएको छ ।

अपडेट : नाइजेरियामा २७ मध्ये २२ विद्यार्थी अपहरणमुक्त

रूसी विमान दुर्घटना, यात्रारत बालक सहित २९

अपडेट : नाइजेरियामा २७ मध्ये २२ विद्यार्थी अपहरणमुक्त

साढे ७ हजारमा कोरोना परीक्षण गर्दा २६

Leave a comment

Your email address will not be published. Required fields are marked *