२०८३ असार २ गते
×

Now Playing

रूसी विमान दुर्घटना, यात्रारत बालक सहित २९ को अवस्था अज्ञात

एजेन्सी । मंगलबार बिहान २९ यात्रु लिएर रूसको सुदुर पूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

विमानमा छ चालक दलका सदस्यसहित २९ जना यात्रु रहेको रूसी समाचार संस्था स्पुत्निकले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार विमानमा एक बालक, छ चालक दलका सदस्य र २२ जना यात्रु थिए ।

रूसको पेट्रोपाभलोस्क-कामचास्कीबाट पालानाका लागि उडेको विमान कामचात्का क्षेत्रबाट मंगलबार अपरान्ह राडारसँग सम्पर्क विच्छेद भएको रूसी आपतकालीन सेवा मन्त्रालयको प्रमुख महा-निर्देशनालयले जानकारी दिएको छ। विमानबारे थप जानकारी संकलन भइरहेको रूसी प्रशासनले जनाएको छ।

रूसी विमान दुर्घटना, यात्रारत बालक सहित २९ को अवस्था अज्ञात

बन्दुकधारीले गरे १४० विद्यार्थीको अपहरण

रूसी विमान दुर्घटना, यात्रारत बालक सहित २९ को अवस्था अज्ञात

अपडेट : नाइजेरियामा २७ मध्ये २२ विद्यार्थी

Leave a comment

Your email address will not be published. Required fields are marked *