बन्दुकधारीले गरे १४० विद्यार्थीको अपहरण

एजेन्सी । उत्तरपश्चिमी नाइजेरियामा बन्दुकधारीहरुले १ सय ४० विद्यार्थीको अपहरण गरेका छन् । अफ्रिकाकै निकै आवादी रहेको कादुना राज्यको एक विद्यालयका विद्यार्थीलाई बन्दुकधारीले अपहरण गरेका हुन्।

प्रहरीले अपहरणमा परेका विद्यार्थीको उद्धारका लागि बन्दुकधारी समूहको पिछा गरिरहेको बताएको छ । उत्तर पश्चिमी नाइजेरियामा गत डिसेम्बरयता यो दशौँ ठूलो अपहरण हो।

प्रहरीका अनुसार कादुना राज्यको बेथल ब्यापटिष्ट आवसीय विद्यालयमा बन्दुकधारीले रातभर आक्रमण गरेका थिए। आक्रमणपछि विद्यार्थीलाई अपहरण गरी बेपत्ता बनाइएको हो। बन्दकुधारीहरुले विद्यालयका सुरक्षागार्डलाई नियन्त्रणमा लिएर विद्यार्थीलाई बन्दुक देखाई अपहरण गरेको प्रहरीले जनाएको छ।

विद्यालयका सञ्चालक रेभरेन्ड जोन हयाबले २५ विद्यार्थी भागेर उम्किन सफल भएको बताएका छन्।

बन्दुकधारीले गरे १४० विद्यार्थीको अपहरण

रूसी विमान दुर्घटना, यात्रारत बालक सहित २९

Leave a comment

Your email address will not be published. Required fields are marked *