अफगानिस्तानका एक हजार सिपाही ज्यान जोगाउन ताजिकिस्तानको शरणमा पुगे

एजेन्सी । विद्रोही संगठन तालिबानसँग भिडन्तकै बेला अफगानिस्तानका एक हजारभन्दा बढी सुरक्षाकर्मी ताजिकिस्तान प्रवेश गरेका छन् । ताजिकिस्तानको सीमा सुरक्षाकर्मीले अफगानिस्तानका सुरक्षाकर्मी ज्यान जोगाउन सीमा प्रबेश गरेको बताएको छ ।

बीबीसीका अनुसार अफगानिस्तानका सुरक्षाकर्मी भिडन्तको क्रममा ताजिकिस्तान सीमामा प्रबेश गरेको यो तेस्रो पटक हो। करिब एक हजार छ सय सुरक्षाकर्मी ताजिकिस्तान पुगेका छन् ।

अफगानिस्तानको बदाख्शन र ताखर प्रान्त ताजिकिस्तान सीमासँग जोडिएका छन्। तालिबान समूहले उक्त प्रान्तका अधिकांश भूभाग नियन्त्रणमा लिएको छ। तालिबानले पाकिस्तान सीमासँग जोडिएको एक अफगान सुरक्षा जाँच केन्द्रलाई समेत आफ्नो नियन्त्रणमा लिएको छ।

अफगानिस्तानका एक जना वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले सबै सडक बन्द गरेपछि सुरक्षाकर्मीलाई ताजिकिस्तान प्रबेशको विकल्प नरहेको बताउनुभएको उल्लेख गरेको छ।

अफगान राष्ट्रपति अशरफ घानीले सुरक्षाकर्मी तालिबानको सामना गर्न पूर्ण सक्षम रहेको दाबी गरे पनि दर्जनौं सुरक्षाकर्मी उज्वेकिस्तान र पाकिस्तानमा शरण लिन पुगेका छन्। तालिबानसँगको भिडन्त उत्कृर्षमा पुगे मध्य एशियाका अन्य कतिपय राष्ट्रमा अफगान शरणार्थी बढ्ने चिन्तामा छन्।

तालिबानका प्रवक्ता सुहैल शाहीनले भने हिंसात्मक गतिबिधि बढ्नुमा तालिबान जिम्मेवार नरहेको बताएका छन्। उनले अफगान सुरक्षाकर्मी लड्न अस्वीकार गरेपछि थुप्रै जिल्ला तालिबानको कब्जामा आएको बताएका छन्।

अफगानिस्तानमा हिंसात्मक घटनामा उच्च दरले बृद्धि भएको छ। उत्तरी अफगानिस्तानका भूभाग तालिबानले नियन्त्रणमा लिने क्रम जारी राखेको छ। नेटो संगठनका सुरक्षाकर्मी २० वर्षपछि अफगानिस्तान छोडेर प्रस्थान गर्न लाग्दा तालिबानले आफ्नो गतिबिधि बढाएको छ।

अफगानिस्तानमा रहेका अधिकांश विदेशी सुरक्षाकर्मी स्वदेश फर्केका छन्। यस्तो अफगानिस्तानको सुरक्षा निकाय समपर्ण गर्ने आशंका बढेको छ।

अफगानिस्तानका एक हजार सिपाही ज्यान जोगाउन ताजिकिस्तानको शरणमा पुगे

सकियो एमाले कार्यदलको बैठक, भोलि फेरि बस्ने

अफगानिस्तानका एक हजार सिपाही ज्यान जोगाउन ताजिकिस्तानको शरणमा पुगे

बन्दुकधारीले गरे १४० विद्यार्थीको अपहरण

Leave a comment

Your email address will not be published. Required fields are marked *