स्थानीयको अबरोधका कारण एक अर्ब बजेट फ्रिज

सुर्खेत । चालु आर्थिक बर्षमै सुर्खेत विमानस्थल विस्तार गर्ने योजना असफल भएको छ । स्थानीयको अबरोधका कारण यो आर्थिक बर्षमा विमानस्थल विस्तार गर्ने योजना असफल भएको हो । केही दलहरुको पूर्वाग्रह र स्थानीयको विरोधका कारण विमानस्थल विस्तारको बजेट फ्रिज भएको छ ।

विमानस्थल विस्तारका लागि चालु आर्थिक बर्षमा कर्णाली प्रदेश सरकारले ५० करोड र केन्द्र सरकारले एक अर्ब एक करोड बजेट छुट्याएको थियो । स्थानीयको अबरोधका कारण आयोजना अगाडि बढ्न नसकेपछि बजेट फ्रिज गएको छ । विमानस्थल विस्तार गर्ने योजना आएपछि स्थानीय र राजनीतिक दलहरु पक्ष र विपक्षमा बहस उभिएका थिए । सुरुमा विमानस्थल विस्तारको केही रकम नै बेहोर्ने जनाएको वीरेन्द्रनगर नगरपालिकाले पछि विमानस्थल विस्तारको विपक्षमा उभिसकेको छ ।

केही स्थानीयले कुनै पनि हालतमा विमानस्थल विस्तार हुन नदिने अगान लिंदै आएका छन् । तर प्रदेश सरकारले र प्राधिकरणले स्थानीयलाई मनाउन पटक–पटक पर्यास गरेको थियो । यही विवादका कारण चालु आर्थिक बर्षमा सुर्खेत विमानस्थल विस्तारको आयोजना असफल भएको हो । असार मसान्त हप्ता दिनमात्रै बाँकी रहदा बजेट विमानस्थल विस्तार नहुने निश्चित भएको हो ।

स्थानीयको अबरोधका कारण चालु आर्थिक बर्षमा मात्रै होइन आगामी आर्थिक बर्षमा पनि आयोजना प्रभावित हुने भएको छ । स्थापनादेखि नै विमानस्थलमा चासो दिएको कर्णाली प्रदेश सरकारले विमानस्थलका लागि निश्चित आगामी आर्थिक बर्षका लागि बजेट बिनियोजना गरेको छैन । संघीय सरकारले आगामी आर्थिक बर्षमा भरतपुर र सुर्खेत विमानस्थलका लागि साढे एक अर्ब बजेट मात्रै छुट्याएको छ ।

तर सुर्खेत विमानस्थलका लागि छुट्याइएको रकमको एकीन गरिएको छैन । चालु आर्थिक बर्षमा योजना अगाडि नबढेका कारण पुनः सुर्खेत विमानस्थल विस्तार आयोजनाले बजेट पाउने सम्भावना कम हुँदै गएको छ । चालु बर्षमा केन्द्र र कर्णाली प्रदेश सरकारले दुबैले विमास्थल विस्तार गर्ने पर्यास गरेका थिए । विमानस्थल विस्तारका लागि प्रदेश सरकारले प्रभावित क्षेत्रका स्थानीयलाई सहमतिमा ल्याउन पटक–पटक वार्ताहरु गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय, नागरिक उड्डयन कार्यालय, कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालायले समेत पटक–पटक स्थानीयलाई सहमतिमा ल्याउन प्रयास पनि गरेका थिए । गएको बैशाख १६ गते मुख्यमन्त्री मेहन्द्रबहादुर शाही स्वयमले पनि प्रभावित क्षेत्रका स्थानीयसँग छलफल नै गरेका थिगए । तर केही दलहरुले राजनीतिक पूर्वाग्रहका कारण स्थानीयलाई विरोधमा उतारेपछि विमानस्थलले विस्तार हुन सकेन् ।

विमानस्थल विस्तारमा विशेषगरी एमालेको एउटा पक्षले विरोध जनाउँदै आएका छ । उसो त विमानस्थल विस्तार भएको खण्डमा एमालेलाईबढी क्षति पुग्ने डर छ । राजनीतिक हिसावले वीरेन्द्रनगर–११ र १२ मा एमालेको पकट भएको क्षेत्र हो । वडा नं. ११ र १२ हरेक निर्वाचनमा एमालेका लागि निर्णायक ठाउँ बन्छ । विमास्थल विस्तार हुँदा झण्डै दुईसय परिवार विस्थापित हुनेभएपछि एमालेले विरोध गर्दै आएको हो ।

यही कारण सुर्खेत विमानस्थ विस्तार गर्नुहुँदैन भनेर आवाज उठ्दै आएको छ । यही कारण अन्ततः कर्णालीका १७ लाख नागरिकहरुले विमानस्थलबाट मनग्य सुविधा लिने योजना अधुरै रहने सम्भावना बढेको छ ।

‘आगामी बर्षमा विमानस्थल विस्तार हुन्छ’

यता नागरिक उड्डयन कार्यालय सुर्खेतले भने आगामी आर्थिक बर्षदेखि विमानस्थल विस्तार हुने अपेक्षा गरेको छ । केन्द्र सरकारले बजेट छुट्याइ सकेका कारण विमानस्थल विस्तारका हुनसक्ने नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले जनाए ।

‘यो बर्ष त आयोजना अगाडि बढेन तर आउँदो बर्ष विमानस्थल विस्तार हुनसक्छ’ उनले भने, ‘सरकारले बजेट छुट्याइसकेको छ, स्थानीयले सहयोग गरेभने आउँदो आर्थिक बर्षमा विमास्थल विस्तार गर्छाै ।’ वीरेन्द्रनगरमा सुविधा सम्पन्न विमानस्थल कर्णाली प्रदेशको आवश्यकता भएका कारण विस्तारका लागि सबै पक्षले सहयोग गर्नुपर्ने उनको भनाई छ ।

‘ठूलो विमानस्थलको लाभ कर्णालीवासीले नै लिने हो’ उनले भने, ‘विकास निर्माणमा सहयोग गर्दा सबैलाई फाइदा पुग्छ ।’ कर्णालीमा हालसम्म ठूला क्षमता र रात्रीकालीन विमानस्थल छैनन् । विमानस्थल नहुँदा कर्णालीमा ठूला क्षमताका चहाजहरु आउँदैनन भने आपतकालीन अवस्थामा पनि रात्रीकालीन सम्भव छैन । यही प्रदेश राजधानीमा सुविधा सम्पन्न विमानस्थलका लागि सुर्खेत विमानस्थल विस्तारको योजना अगाडि सारिएको हो ।

‘विमानस्थल विस्तारलाई निरन्तरता दिन्छौँ’

कर्णाली प्रदेश सरकारले पनि विमानस्थल विस्तारको आयोजनालाई निरन्तरता दिने जनाएको छ । ‘कोरोना महामारी र स्थानीयको अबरोधका कारण चालु आर्थिक बर्षमा आयोजना अगाडि बढेन’ सरकारका प्रवत्तासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले भनिन, ‘स्थानीयको माग सम्बोधन गरेर आगामी आर्थिक बर्षमा विमानस्थल विस्तार गर्छाै ।’

स्थानीयका माग सम्बोधन गरेर सहमतिकै आधारमा आयोजना अगाडि बढाउने उनको भनाई छ । ‘सरकारले स्थानीयका मागलाई सम्बोधन गर्न तयार छ’ उनले भनिन्, ‘सहमतिकै आधारमा आउँदो आर्थिक बर्षदेखि विमानस्थल विस्तार हुन्छ ।’ विमानस्थल विस्तारका लागि बजेट अभाव नहुने समेत बताइन ।

विमानस्थल विस्तार कर्णालीको गौरवको आयोजना भएका कारणे बजेट अभाव हुन नदिने उनको दाबी छ । उनले वीरेन्द्रनगरमा सुविधा सम्पन्न विमानस्थल अपरिहार्य भएको भन्दै विमास्थल विस्तारको लागि तीन तहका सरकार (स्थानीय तह, प्रदेश र केन्द्र सरकार) एकमत हुनुपर्ने बताइन । विकास निर्माणलाई राजनीतिक मुद्धा नबनाई सबै पक्षको सहमतिमा विमानस्थल विस्तार गर्ने सरकारको भनाई छ ।

स्थानीयको अबरोधका कारण एक अर्ब बजेट फ्रिज

निस्कृय बन्दै संसदीय समितिहरु

स्थानीयको अबरोधका कारण एक अर्ब बजेट फ्रिज

तीन स्थानीय तह र स्वास्थ्य संस्थालाई १०

Leave a comment

Your email address will not be published. Required fields are marked *