रोनाल्डोले पूरा गरे ८००औँ गोलको कोसेढुंगा, युनाइटेड विजयी

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडले आर्सनल विरुद्ध ३(२ को जित निकाल्दा उसका स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डोले करिअरमा कीर्तिमानी ८०० गोल पुरा गरेका छ्न।

तनावपुर्ण खेलमा आर्सनलले १३ औ मिनेटमानै स्मिथ रोविको गोलमार्फत खेलमा अग्रता लिएको थियो। खेल तनावपुर्ण बनेको खेलमा दुई पटक भिएआर प्रयोग हुँदा एक पटक आर्सन र एकपटक युनाइटेड भाग्यमानि बने।

पहिलो भिएआर भने आर्सनलको पहिलो गोलमा भएको थियो। जतिबेला गोलरक्षक लडिरहँदा खालि पोस्टमा आर्सनलले गोल गरेको थियो। तर गोलरक्षक आफ्नै खेलाडीसँग ठोकिएर लडेपछि आर्सनललाई गोल दिएको थियो। तर ४४ औ मिनेटमा युनाईटेडका बुर्नो फर्नान्डेसले युनाईटेडलाई बराबरीमा ल्याए।

दोस्रो हाफमा खेलमा अग्रता बनाउने क्रममा रोनाल्डोले रासफोर्डको क्रसलाई सदुपयोग गर्दै खेलमा अग्रता दिलाए। उनले करिअरको ८०० सयौं गोलको कोसेढुंगा समेत पुरा गरे। यद्धपि दुई मिनेट पछिनै आर्सनलले पुन खेल बराबरीमा ल्यायो। उसका लागि मार्टिन ओडगार्डले बराबरी फर्काए।

युनाईटेडको जितमा भिएआरको निर्णय महत्वपुण बन्यो। ७० औं मिनेटमा डिबक्समा ओडेगार्डले फ्रेडलाई लडाएपछि पेनल्टी दिएको थियो। उक्त पेनल्टीलाई रोनाल्डोले सदुपयो गरेका थिए। जितपछि १४ खेलबाट युनाईटेड २१ अंकका साथ सातौं स्थानमा उक्लिएको छ।

रोनाल्डोले पूरा गरे ८००औँ गोलको कोसेढुंगा, युनाइटेड विजयी

बनगाडमा मतदाता नामवलि संकलनका लागि समय तालिका

रोनाल्डोले पूरा गरे ८००औँ गोलको कोसेढुंगा, युनाइटेड विजयी

आज अपाङ्गता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय

Leave a comment

Your email address will not be published. Required fields are marked *