बनगाडमा मतदाता नामवलि संकलनका लागि समय तालिका सार्वजनिक

दुर्गा विसि : सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा यहि मिति २०७८ मंसिर १७ देखि २६ गतेसम्म मतदाता नामावली संकलन गरिने भएको छ । मतदाता नामावली संकलन विशेष कार्यक्रम अन्र्तगत नगरको १२ वटै वडाका नागरिकको लागि नामावली संकलन गरिने निर्वाचन सम्पर्क व्यक्ति हरिवहादुर शाहीले वताए । जसमा मंसिर १७ गते देखी २६ गते सम्म मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ।

आज नगरको कार्यालयमा भएको कार्यक्रमा दलिय प्रतिनिधि,जनप्रतिनिधिमाझमा बनगाड कुपिण्डे नगरपालिका भित्रमा हुने मतदाता नामवलि संकलन कार्यका वारेमा जानकारी गराएको छ। वडा १,२,३ को लागि मंसिर १७,१८, वडा ४,५,६ का लागि १९,२० त्यसै गरि वडा ७,८,९ का लागि २१,२२ गते,वडा १०,११,१२ का लागि २३,२४ गतेको नामवलि संकलन तालिका सार्वजनिक गरिएको छ भने छुट सबैका लागि २५ र २६ गतेलाई तोकिएको छ ।

तर मतदाता नामावली संकलन विशेष कार्यक्रममा नयाँ मतदाता नामावली मात्रै वनाइने शाहीको भनाई छ । उनका अनुसार ‘बाँकी स्थानिय तहमा पनि नयाँ मतदाता नामावली वनाइने छ, तर त्रुटि भएका, नाम, ठेगाना सच्याउनुपर्ने वा बसाइ सरेको जस्ता कार्यमा जिल्ला निर्वाचन कार्यालयमा मात्रै हुने छ ।’नामवलि वनाउन आउदा सक्कल र १ प्रती फोटोकपि,वसाइसराइको हकमा वसाइसराइको कागजात ल्याएर आउनुपर्ने छ ।

बनगाडमा मतदाता नामवलि संकलनका लागि समय तालिका सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

बनगाडमा मतदाता नामवलि संकलनका लागि समय तालिका सार्वजनिक

रोनाल्डोले पूरा गरे ८००औँ गोलको कोसेढुंगा, युनाइटेड

Leave a comment

Your email address will not be published. Required fields are marked *