चौवरगाउँमा उन्नत जातका बाख्रा वितरण

दुर्गा विसि

सल्यान । सल्यानकाे बनगाड कुपिण्डे वडा,६ काे चौवर गाउँमा १० घरधुरी किसानलाई उन्नत जातकाे बाख्रा वितरण गरिएको छ ।

लागत साझेदारीमा बाख्रा प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा नं ६ मा गठित जनकल्याण बाख्रा पालन कृषक समुहलाई १० वटा बाख्रा र १ वटा बाेयर बाेका नगर उप प्रमुख मञ्जु यरी वडा अध्यक्ष पुरुषाेतम आचार्य,पशु स्वास्थ्य शाखा प्रमुख विनाराम विसि,कृषि शाखा प्रमुख टीका जैसिले किसानलाई उन्नत जातका बाख्रा वितरण गरेको हाे ।

१० घरधुरि किसान लाई १० वटा बाख्रा र १ वटा बाेयर बाेका बनगाड कुपिण्डे नगरपालिकाका उप प्रमुख यरि सहितको टाेलिले गाउँमै पुगि बाख्रा वितरण कार्यमा आयाेजना गरिएको थियोे । समुह सदस्य हरुलाई मात्रै ती बाख्रा वितरण गरिएको पशु स्वास्थ्य शाखा प्रमुख विनराम विसिले बताए ।

बाख्रा पालन पकेट क्षेत्र घाेषणाका लागि ती वडाहरुका केही बस्ति तथा टाेलमा बाख्रा वितरण गरिएको जनाएको छ । बाख्रा वितरण गर्दै नगर उप- प्रमुख यरिले किसानकाे आयाआर्जनमा यसले पक्कै राम्रो भुमिका खेल्ने जनाएको छ ।त्यहाँका सबै किसानलाई बाख्रा व्यवसायी तर्फ उन्मुख हुन उनको जाेड थियो । किसानलाई आवश्यक पर्ने प्राविधिक सहयोगमा नगरले सहजिकरण गर्ने जनाएको थियो ।

चौवरगाउँमा उन्नत जातका बाख्रा वितरण

सुर्खेतबाट तीन जना फरार प्रतिवादी पक्राउ

चौवरगाउँमा उन्नत जातका बाख्रा वितरण

देशभर लगातार वर्षा : नदी तथा खोलामा

Leave a comment

Your email address will not be published. Required fields are marked *