सुर्खेतबाट तीन जना फरार प्रतिवादी पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न मुद्यामा संगलन भई लामो समयदेखि फरार रहेका तीनजनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–२ का ४० वर्षिय भिमप्रसाद न्यौपानेलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सर्वौच्च अदालतले २०७६ पुस २ गतेको फैसलाको आदेश अनुसार न्यौपानेलाई ९ बर्ष २ महिना १३ दिन कैद र २५,००० जरिवाना सुनाएको थियो ।

त्यस पछि उनि फरार रहेका थिए । तर उनलाई यहि असार १६ जिल्ला प्रहरी कार्यलयले सुर्खेतले प्रकाउ हो । त्यस्तै सुर्खेतको वीरेन्द्रनगर–४ कालागाँउ बस्ने ४६ बर्षिय धर्मराज गिरीलाई चेक अनादर मुद्धामा सुर्खेत जिल्ला अदालतले २०७७ असार १० गतेको फैसलाको आदेश अनुसार प्रहरीले असार १७ गते हिजो बिहिबार पक्राउ परेका सुर्खेत प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीले जनाकारी दिए । उनले ४२ हजार ५०० जरिवाना तिर्नु पर्ने छ ।

त्यस्तै ज्यान मार्ने उद्योग मुद्धामा फरार रहेका प्रतिवादी दैलेखको दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ३४ बर्षिय प्रदीप खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनलाई सुर्खेत जिल्ला अदालतले २०६८ भदौ २८ गतेको फैसलाले खड्कालाई ज्यान मार्ने उद्योग मुद्धामा ५ बर्ष कैद सुनाएको छ । उनलाई शुक्रबार (असार १८) गते प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।

उनिहरु तीनै जनालाई फरार प्रतिवादीलाई सुर्खेतको वीरेन्द्रनगर बजारबाट पक्राउ गरी सुर्खेत जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ ।

सुर्खेतबाट तीन जना फरार प्रतिवादी पक्राउ

भारतमा ४६ हजार नयाँ संक्रमित, मृतकको संख्या

सुर्खेतबाट तीन जना फरार प्रतिवादी पक्राउ

चौवरगाउँमा उन्नत जातका बाख्रा वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *