देशभर लगातार वर्षा : नदी तथा खोलामा पानीको सतह बढ्दा तटीय क्षेत्रमा जोखिम

काठमाडौं । मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार रातभरको वर्षाका देशका विभिन्न नदी तथा खोलाहरुमा पानीको सतह बढी तटीय क्षेत्रमा जोखिम बढेको छ।

नदी तथा खोलाहरुमा पानीको सतह निरन्तर बढ्दो क्रममा छ। इलाम, झापा, मोरङका अधिकांश स्थानमा अहिले भीषण वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेकाले मेची, कनकाई‚ बिरिङ, निन्दा, चिसाङ, मावा‚ रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखले आग्रह गरेको छ ।

यस्तै, होचो ठाउँमा डुबान हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

तनहुँको विमलनगरस्थित मर्स्याङ्दी नदीमा पानीको सतहले सतर्कताको तह पार गरी पानीको बहाव बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

यसैगरी बाराको सिमरा विमानस्थल र आसपासको क्षेत्रमा भीषण वर्षा भएकाले त्यस क्षेत्रका खोलाहरुमा आकस्मिक बहाव बढ्ने सक्ने भएकाले डुबान भइरहने होचा क्षेत्रका बासिन्दालाई सचेत रहन भनिएको छ।

यस्तै‚ रौतहटको कर्मैया ९पधेरादोभान० स्थित बागमती नदीमा पानीको सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानका बासिन्दाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

देशभर लगातार वर्षा  : नदी तथा खोलामा पानीको सतह बढ्दा तटीय क्षेत्रमा जोखिम

चौवरगाउँमा उन्नत जातका बाख्रा वितरण

देशभर लगातार वर्षा  : नदी तथा खोलामा पानीको सतह बढ्दा तटीय क्षेत्रमा जोखिम

YUGAAWHAN NATIONAL DAILY (2078-03-19)

Leave a comment

Your email address will not be published. Required fields are marked *