सुर्खेत–दैलेख सडकखण्ड एक महिना बन्द


सुर्खेत : सुर्खेत–दैलेख सडक खण्ड एक महिनाका लागि बन्द भएको छ । दैलेखको गाईबान्नास्थित भिरको चट्टान काट्नुपर्ने भएकाले बुधबारदेखि पुस १४ गतेसम्म सडक बन्द गरिएको डिभिजन सडक कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी सजना पोखरेलले उक्त भिरमा साँघुरो बाटो भएकोले फराकिलो गर्न चट्टान काट्नुपर्ने भएकाले सडक बन्द गरिएको बताइन् ।

हाल ३ मिटर मात्रै सडक चौडा रहेको उक्त भिरमा १५ मिटर उचाइको भीर कटान गरेर ७ मिटर सडक चौडाइ गरिने उनको भनाइ छ । सडक मर्मतको जिम्मा श्याम एण्ड शंकर जेभीलाई दिइएको छ । जिल्ला प्रशासन कार्यालय दैलेख र सुर्खेतसँग समन्वय गरी डिभिजन सडक कार्यालय सुर्खेतले सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गरी आवतजावत गराउन आग्रह गरेको छ । सडक अवरुद्ध भएपछि वैकल्पिक बाटोबाट सवारी साधन चलाउन सुरु गरिएको छ । दैलेख जाने सवारी साधनहरु सुर्खेत–बड्डीचौर हुँदै तल्लो डुङ्गेश्वर आवत जावत गर्न थालेका छन् ।

सुर्खेत–दैलेख सडकखण्ड एक महिना बन्द

YUGAAWHAN NATIONAL DAILY (2078-8-016)

सुर्खेत–दैलेख सडकखण्ड एक महिना बन्द

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को

Leave a comment

Your email address will not be published. Required fields are marked *