प्रधानमन्त्री देउवासँग प्रचण्ड र नेपालको भेट

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
न्यायालयमा देखिएको विवाद समाधानका लागि नेपाल बार एशोसिएसन एक महिनादेखि लगातार आन्दोलनमा छ। उनीहरुले गठबन्धनका शीर्ष नेतालाई भेटेर न्यायालयको विवाद समाधानका लागि अग्रसरता देखाउन आग्रह गर्दै आएका छन्।

भेटमा न्यायालयको विवाद समाधानका बारेमा पनि छलफल भएको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री देउवासँग प्रचण्ड र नेपालको भेट

‘बैंक अफ दि इयर एसिया’ र ‘बैंक

प्रधानमन्त्री देउवासँग प्रचण्ड र नेपालको भेट

YUGAAWHAN NATIONAL DAILY (2078-8-016)

Leave a comment

Your email address will not be published. Required fields are marked *