नाइजेरियामा डुङ्गा पल्टिँदा स्कुले बालबालिकासहित कम्तीमा २९ जनाको ज्यान गयो


काठमाण्डौ :  नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा डुङ्गा पल्टिँदा बालबालिकासहित कम्तीमा २९ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा धेरैजसो ६ देखि १२ वर्षका स्कुले बालबालिका रहेका छन् । उनीहरु कानो राज्यबाट नदी पारिको अर्को सहर बाग्वईमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुन गरिरहेको अवस्थामा डुङ्गा पल्टिएको बीबीसीले जनाएको छ । जीवितै उद्धार गरिएका सात जनालाई अस्पताल लगिएको छ ।

डुङ्गामा ५० जनाभन्दा बढी यात्रु थिए । बेपत्ताको खोजी कार्य भइरहेको उद्धारमा संलग्न राष्ट्रिय निकाय तथा सुरक्षाकर्मीले जनाएका छन् । डुङ्गामा क्षमताभन्दा धेरै यात्रु रहेको र खराब मौसमका कारण पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

नाइजेरियामा डुङ्गा पल्टिँदा स्कुले बालबालिकासहित कम्तीमा २९ जनाको ज्यान गयो

विश्वका ४ करोडभन्दा धेरै मानिस आधुनिक दासताको

नाइजेरियामा डुङ्गा पल्टिँदा स्कुले बालबालिकासहित कम्तीमा २९ जनाको ज्यान गयो

‘बैंक अफ दि इयर एसिया’ र ‘बैंक

Leave a comment

Your email address will not be published. Required fields are marked *