काठमाडौंमा फ्ल्याट भाडामा लिएर बेश्यावृत्ति गराउने दुई महिला पक्राउ

काठमाडौं : मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौंमा फ्ल्याट भाडामा लिएर बेश्यावृत्ति गराउने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

गोरखा बारपाक सुलिकोट गाउँपालिका-३ स्थायी ठेगाना भई हाल चन्द्रागिरी नगरपालिका-६ बस्ने २४ वर्षीया प्रिती आलेमगर र झापाको गौरादह नगरपालिका-५ स्थायी ठेगाना भई हाल नागार्जुन नगरपालिका-४ बाफल एरियामा डेरा गरी बस्ने ४२ वर्षीया बिना लिम्बु भन्ने ज्योतीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए।

उनीहरुले एक महिलालाई परपुरुषहरुसँग शारीरिक सम्पर्क राखे पैसा दिन्छु भन्दै ललाई फकाई जबरजस्ती डर त्रासमा पारी १ महिनासम्म बेश्यावृत्तिमा लगाएका थिए। पछि उनीहरुबीच झगडा हुँदा कोठामा थुनी राखेको अवस्थामा भागेर पीडित महिला उजुरी गर्न पुगेकी थिइन्।

प्रवक्ता द्विवेदीका अनुसार काठमाण्डौ जिल्ला अदालतको मिति साउन १७ गतेको आदेशले पक्राउ प्रतिवादीहरु पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं थुनामा पठाएको उनले बताए। प्रहरीका अनुसार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

काठमाडौंमा फ्ल्याट भाडामा लिएर बेश्यावृत्ति गराउने दुई महिला पक्राउ

महन्थ ठाकुरको रिट फेरि हेर्न नभ्याइनेमा

काठमाडौंमा फ्ल्याट भाडामा लिएर बेश्यावृत्ति गराउने दुई महिला पक्राउ

कोभिड युनिफाइड अस्पतालबाट हटाइए विवादित डा जागेश्वर

Leave a comment

Your email address will not be published. Required fields are marked *