कोभिड युनिफाइड अस्पतालबाट हटाइए विवादित डा जागेश्वर गौतम

काठमाडौं : सरकारले विवादै विवादमा मुछिएका डा जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीबाट हटाएको छ।

स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रिस्तरिय निर्णय गर्दै डा गौतमलाई हटाएको हो। प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएको दिनदेखी नै डा गौतम उपकरण खरिदमा सेटिङ गरेको, कर्मचारीलाई अख्तियारमा सेटिङ छ भन्दै धम्क्याउने गरेको लगायतका विषयमा विवादमा आएका थिए।

डा गौतमले कर्मचारीको मागका विषयमा छलफल गर्न लागेको समयमा प्रहरी प्रशासन बोलाएर स्वास्थ्यकर्मी तथा कर्मचारी कुटाएको आरोप पनि लगाइएको छ।

डा गौतमलाई गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो। उनलाई थापाथलीमा रहेको प्रसूती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ।

कोभिड युनिफाइड अस्पतालबाट हटाइए विवादित डा जागेश्वर गौतम

काठमाडौंमा फ्ल्याट भाडामा लिएर बेश्यावृत्ति गराउने दुई

कोभिड युनिफाइड अस्पतालबाट हटाइए विवादित डा जागेश्वर गौतम

गोरु काटेको आरोपमा दुईजना पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *