पियारीका गायक जोसेफले ल्याए ‘जिन्दगीले घुमायो’ (भिडियोसहित)

काठमाडौं : युवा गायक जोसेफ शाही ठकुरी र भ्वोइस अफ नेपालका चर्चित प्रतिस्पर्धी धर्मेन्द्र सुनारको युगल गायनमा ‘जिन्दगीले घुमायो’ बोलको गीत सार्वजनिक भएको छ।

जोसेफ शाही अफिसियल युट्युब च्यानलबाट आइतबार गीतको भिडियो सार्वजनिक गरिएको हो। सर्वश्व गुमाएर पनि जिउने आत्मबल नगुमाएको एक्लो पात्रको कहानी समेटिएको गीतको शब्द गायक जोसेफले नै लेखेका हुन्।

गीतमा करणराज कार्कीको संगीत र देवेश राईको संगीत संयोजन छ। ए वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको ध्वनी सम्पादन किशोर थापाले गरेका हुन्।

गीतको भिडियोमा रत्न डंगोल, राजिन आचार्य, रामबाबु रेग्मी र रचना गौतमको अभिनय हेर्न सकिन्छ। बसन्त कुँवरको छायाँकन तथा बलभद्र कुँवरको सम्पादन रहेको गीतको भिडियोमा श्याम कुँवरको रङ्ग संयोजन छ। सिम भन्ज्याङ्गका विभिन्न स्थानहरूमा छायाँकन गरिएको गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन्।

पछिल्लो समय सर्वप्रिय बनेको ‘पियारी’ गीतका गायक जोसेफ र धर्मेन्द्रको यो पहिलो सहकार्य हो। भ्वाइस अफ नेपाल सिजन ३ को ब्लाइण्ड राउण्डमा पियारी गीत गाएर धर्मेन्द्रले चारवटै कोच र लाखौँ दर्शकको मन जित्न सफल भएका थिए।

पियारीका गायक जोसेफले ल्याए ‘जिन्दगीले घुमायो’ (भिडियोसहित)

नारी किन अझै असुरक्षित ?

पियारीका गायक जोसेफले ल्याए ‘जिन्दगीले घुमायो’ (भिडियोसहित)

महन्थ ठाकुरको रिट फेरि हेर्न नभ्याइनेमा

Leave a comment

Your email address will not be published. Required fields are marked *