लुम्बिनीमा राज्यमन्त्री रायमाझीले दिइन् राजीनामा

रुपन्देही  । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा गरेकी छन् ।

उनले जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकारलाई समर्थन नगरेको बताउँदै सरकारमा रहन नसक्ने भन्दै राजीनामा दिएकी हुन् ।

उनले मुख्यमन्त्री शंकर पोखरेललाई बुझाएको राजीनामा पत्रमा भनेकी छन्– ‘जनता समाजवादी पार्टी नेपाल तपाईको नेतृत्वमा रहेका सरकारलाई समर्थन नरहेकोले मैले तपाईको सरकारमा पार्टीको समर्थन र सहयोग बिना यस प्रदेशको सरकारमा रही निरन्तरता दिन नसक्ने भएकोले नेपालको संविधानको धारा १६९ को २ को क बमोजिम आजको मितिबाट लागू हुने गरी मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु ।’

उनी गत बैशाख ६ गते राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।

लुम्बिनीमा राज्यमन्त्री रायमाझीले दिइन् राजीनामा

क्यानडामा अत्याधिक गर्मीका कारण पाँच दिनमा ४८६

लुम्बिनीमा राज्यमन्त्री रायमाझीले दिइन् राजीनामा

माधव नेपाललाई फोन गरेँ, कुरै गर्न मानेनन्

Leave a comment

Your email address will not be published. Required fields are marked *