क्यानडामा अत्याधिक गर्मीका कारण पाँच दिनमा ४८६ जनाले ज्यान गुमाए

एजेन्सी । क्यानडामा बढेको अत्यधिक गर्मीले जनजीवन नराम्ररी प्रभावित भएको छ। इतिहासकै सर्वाधिक गर्मी भएको क्यानडामा पछिल्लो पटक ४९ दशमलब ६ डिग्री सेल्सियस तापक्रम मापन भएको छ।

गर्मीका कारण फैलिएको डढेलोले पछिल्लो पटक पश्चिम क्यानडाको एउटा गाउँ नै जलेर नष्ट भएको छ। स्थानीय जनप्रतिनिधि ब्राड भिसका अनुसार आगलागीबाट ब्रिटिस कोलम्बिया स्थित लिटन गाउँ र त्यस वरपर ९० प्रतिशत क्षति पुगेको छ।

लिटनका मेयर ज्यान पोल्डरम्यानले गर्मीका कारण गाउँ नै जलेर नष्ट भए पनि मानिसहरुको ज्यान भने जोगाउन सकिएको बताए। पश्चिम क्यानडाको ब्रिटिस कोलम्बियामा पाँच दिनको अवधिमा ४ सय ८६ जनाको मृत्यु भएको छ। गर्मीका कारण यहाँ मृत्यु हुने संख्या यो अहिलेसम्मकै उच्च हो।

पछिल्ला ५ वर्षमा गर्मीका कारण ३ देखि ५ जनाको मात्रै मृत्यु भएको तथ्यांक थियो। अत्याधिक गर्मी भइरहेको क्षेत्रमा तीव्र बेगमा तातो हावासमेत चलेको छ। क्यानडाका साथै पश्चिम अमेरिकाको पोर्टल्याण्ड तथा ओरेगनमा पनि तापक्रम ४६ दशमलब १ डिग्री सेल्सियस पुगेको छ।

क्यानडामा अत्याधिक गर्मीका कारण पाँच दिनमा ४८६ जनाले ज्यान गुमाए

भारतमा कोरोना भाइरसबाट करिब ४९ हजार संक्रमित

क्यानडामा अत्याधिक गर्मीका कारण पाँच दिनमा ४८६ जनाले ज्यान गुमाए

लुम्बिनीमा राज्यमन्त्री रायमाझीले दिइन् राजीनामा

Leave a comment

Your email address will not be published. Required fields are marked *