भारतमा कोरोना भाइरसबाट करिब ४९ हजार संक्रमित

एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट करिब ४९ हजार थप मानिस संक्रमित भएका छन्। यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म कूल संक्रमितको संख्या तीन करोड ४ लाख ११ हजार ६३४ पुगेको जनाइएको छ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४८ हजार ७८६ जना संक्रमित भएका हुन्। अघिल्लो दिनको तुलनामा बिहीबार सार्वजनिक गरिएको तथ्यांकमा केही बढी देखिएको सरकारी अधिकारीले जनाएका छन्।

पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारण ९९१ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको संख्या तीन लाख ९९ हजार ४५९ पुगेको मन्त्रालयले जनाएको छ।

हाल भारतमा पाँच लाख २३ हजार २५७ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१ हजार ५८८ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्।

भारतमा कोरोना भाइरसबाट करिब ४९ हजार संक्रमित

माधव नेपाल समूहलाई २ दिनभित्र हस्ताक्षर फिर्ता

भारतमा कोरोना भाइरसबाट करिब ४९ हजार संक्रमित

क्यानडामा अत्याधिक गर्मीका कारण पाँच दिनमा ४८६

Leave a comment

Your email address will not be published. Required fields are marked *