माधव नेपाल समूहलाई २ दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन

काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल समूहलाई संस्थापन पक्षले अदालतमा गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ।
बालुवाटारमा जारी बैठकले २ दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको एक नेताले बताए। नेता नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमन गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।
त्यसमा नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन्। ओलीले दशौं महाधिवेशन आयोजक कमिटीलाई भंग गरेर ०७५ जेठ २ को अवस्थामा पार्टी फर्काएको भए पनि केही निर्णयमा असन्तुष्टि जनाउँदै नेता नेपाल समूहले बैठक बहिष्कार गरेको छ।
यसैबीच आज नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएपछि पहिलो बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेता अनुपस्थित छन्।






