माधव नेपाललाई फोन गरेँ, कुरै गर्न मानेनन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले माधव नेपाललाई फोन गर्दा पनि बेवास्ता गरेको गुनासो गरेका छन् ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै ओलीले बिहीबार आफूले नेपाललाई फोन गरेको जानकारी दिएका हुन् ।

‘हिजो मैले माधव नेपाललाई फोन गरेँ । भेटौँ, पार्टी एकताका लागि कुरा गरौँ भनेँ । तर, उहाँले भेट्न मान्नुभएन,’ उनले भने, ‘उल्टै तपाईंको टेलिफोन उठाउन दिन भनेको तैपनि उठाएँ भन्ने जवाफ आयो ।’

उनले आफू एकताका लागि तयार नै रहेको तर विपक्षीसँग गठबन्धन गर्न खोज्ने, विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन खोज्ने र पार्टी कमजोर बनाउन खोज्ने क्रियाकलाप जारी राख्दा ‘कसरी हुन्छ पार्टी एकता रु’ भन्दै प्रति प्रश्न गरे । ‘यसमा त अध्यक्ष त के अध्यक्षको हजुरबुवाले पनि सक्दैन,’ ओलीको भनाइ थियो ।

​पार्टी उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको जिम्मा आफूलाई दिन गरेको प्रस्ताव बारे जवाफ दिँदै ओलीले त्यसमा गौतमलाई लाग्न सम्पूर्ण अधिकार भएको बताएका थिए । ‘तपाईंले पहिले पनि एकताका लागि महाअभियान चलाएकै हो ।

तपाईंलाई टेर पुच्छर लाएन त रु’ ओलीले भने, ‘उनीहरू अझै सच्चिएका छैनन् । तै पनि एकताका लागि प्रयास भइरहेको छ । तपाईंलाई अधिकार छ । के गरी गर्नुहुन्छ, लाग्नुहोस् ।’

माधव नेपाललाई फोन गरेँ, कुरै गर्न मानेनन् : ओली

लुम्बिनीमा राज्यमन्त्री रायमाझीले दिइन् राजीनामा

माधव नेपाललाई फोन गरेँ, कुरै गर्न मानेनन् : ओली

एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक फेरि अवरुद्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *