शरणार्थी महिला खेलाडीको ओलम्पिक दुःख

काठमाडाैं : सिरिया, ईरान तथा अफगानिस्तान जहाँ जीवनकै बारेमा सोच्दा पनि आङ सिरिङ्ग हुन्छ। यस्तो ठाउँमा खेलकुद गतिविधि आफैमा मुस्किल काम हो। त्यसमा पनि महिलाका बारेमा त घरभन्दा बाहिरी दुनिया कल्पना गर्न पनि सकिन्न।

यस्तो परिस्थितिमा परिवार तथा देश छोडेर महिला खेलाडी टोकियो ओलम्पिक सम्म पुग्नु आफैमा एउटा जित हो। जहाँ विभिन्न देशबाट ज्यान बचाएर शरणार्थीका रुपमा रहेका २९ सदस्यीय खेलाडीले शरणार्थी खेलाडीका रुपमा ओलम्पिकमा स्थान बनाए। उनीहरुको संघर्षको कथाले जो कोहीलाई पनि भावुक बनाउ छ।

श्रीमान र छोरोलाई सिरिया छाडेर युरोप, ६ महिना शरणार्थी शिविरमा अभ्यास अनि ओलम्पिकका लागि २०१५ मा पति फदी दर्विश (कोच पनि हुन्) र छोरोलाई सिरियामा छाडेर सैन्डा अल्डास नेदरल्याड आइन। जहाँ शरणार्थी शिविरमा बस्नु पर्यो।

एक आमाले जीवन बचाएर नेदरल्यान्डसम्म आउनका लागि गर्नु परेको लामो संघर्षपूर्ण यात्रा र रेफ्रुजि क्याम्प सम्मको यात्रा आफैमा युद्ध थियो। सिरियामा रात दिनको बमबारीमा पति छोराको यादले हरेक दिन आँशुमा डुब्नु भन्दा एक आमाका लागि खेलकुद दिमाग डुलाउने अवसर थियो।

युरोप गएर एक आमाले जुडोको ट्रेनिङ लिनु आफैमा चुनौतीपूर्ण थियो। तर उनले हार मानिन्। परिवारसँग टाढा रहेर निरास र हताश भए पनि उनी अभ्यासमा लागिन।

आफुलाई दौड र वर्कआउटमा नियमित रुपमा उपस्थित गराइन्। ६ महिनापछि उनले परिवारसँग भेट्न पाइन। त्यसपछि दुई बच्चा थप भए। २०१९ देखि २०२१ सम्म विश्व जुडो च्याम्पियनसिप तथा ग्रान्ड स्लाममा भाग लिइन्। ओलम्पिक लक्ष्य परिवारकै चाहाना थियो। तीनै बच्चाहरु आमालाई ओलम्पिकका लागि हौसाउँथे। नभन्दै उनले ओलम्पिक सपना पुरा गरिन्।

वातावरण नमिल्दा देश छोडिन्

रियो ओलम्पिकमा तेक्वान्दोमा कास्य पदक जित्दै किमिआ अलीजादेहले इरानका लागि इतिहास रचेकी थिइन्। उनी देशका लागि ओलम्पिकमा एकमात्र मेडल जित्ने महिला खेलाडी थिइन्। २०१६ मा जब मेडल जितेर इरान पुगिन उनले मानसम्मान खुव पाइन्। तर जुन देखावटीमात्र थियो।

सरकारका लागि उनले जितेको मेडलको महत्व खास थिएन। उनी भन्छिन् ‘हामी सरकारका लागि प्रयोग गर्न मिल्ने हतियार मात्र भयौं।’ सरकारले उनको अभ्यासका बारेमा सोच्दै सोचेन। मानसिक दबाब धेरै भयो। अझ बिहे पछि त उनीमाथि खेल्ने वातावरण नै भएन।

उनले खेलका लागि इरान छोड्ने निर्णय गरिन्। उनी जर्मनी पलायन हुँदै ओलम्पिक सपना पुन जिवित राखिन्। अहिले शरणार्थीका रुपमा जापान ओलम्पिकको सपनालाई साकार पारेकी छिन्। उनीमाथि मजाक उडाइयो धम्की दिइयो तर सपना त्यागिनन्।

इरान जन्म भए पनि भागेर परिवारसहित अफगानिस्तान पुगिन् मासोमा अली जादा। अफगानिस्तानमा उनका बुबाले उनलाई र बहिनीलाई सानैबाट साइक्लिङ सिकाए। मासोमाले १६ वर्षको उमेरमा राष्ट्रिय टीममा स्थान बनाइन्। तर त्यहाँका मानिसलाई यो कुरा मन परेन।

उनलाई कारको ठक्करबाट हत्या गर्ने कोशिश गरियो। उनीमाथि मजाक उडाइयो। सहयोगि तथा प्रशिक्षकलाई धम्कि दिइयो। उनी भन्छिन् ुहामिमाथि यतिधेरै दबाब थियो की हाम्रा हरेक सदस्यको हत्या गर्ने धम्कि सामान्य बन्यो। त्यसपछि हामी २०१७ मा फ्रान्स आउन बाध्य भयौं।’

‘मलाई साइकल चलाउन बन्द गर्न भनियो र बिहे गर्न दबाब दिइयो। तर मेरो साइक्लिङ सपना ओलम्पिक सम्म पुगेको छ। एकदिन अफगानिस्तान फर्कने छु र भव्य साइक्लिङ रेसको आयोजना गर्ने छु।’ thahakhabar

शरणार्थी महिला खेलाडीको ओलम्पिक दुःख

कर्णालीमा फोन र इन्टरनेट सेवामा समस्या

शरणार्थी महिला खेलाडीको ओलम्पिक दुःख

पुरुष फुटबलको सेमिफाइनल समीकरण पूरा

Leave a comment

Your email address will not be published. Required fields are marked *