पुरुष फुटबलको सेमिफाइनल समीकरण पूरा

एजेन्सी : टोकियो ओलम्पिकको पुरुष फुटबलको सेमिफाइनल समीकरण पुरा भएको छ। शनिबार क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसँगै सेमिफाइनलको समीकरण पूरा भएको हो।

सेमिफाइनलमा ब्राजिल, जापान, स्पेन र मेक्सिकोले स्थान बनाएका छन्। जापानले पेनाल्टी सुटआउटमा न्यूजिल्याण्डलाई ४–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने स्पेनले आइभरी कोष्टलाई ५–२ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनायो। फाइनल प्रवेशका लागि अब जापान र स्पेन भिड्ने छन्।

शनिबार नै भएको खेलमा ओलम्पिक गोल्ड मेडलको डिफेन्डिङ च्याम्पियन समेत रहेको ब्राजिलले इजिप्टलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।

त्यस्तै अर्को खेलमा मेक्सिकोले दक्षिण कोरियालाई ६-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा निश्चित गरेको छ। सेमिफाइनलमा ब्राजिल र मेक्सिको खेल्ने छन्।

सेमिफाइनलका खेलहरु आगामी मंगलबार हुने छन्।

पुरुष फुटबलको सेमिफाइनल समीकरण पूरा

शरणार्थी महिला खेलाडीको ओलम्पिक दुःख

पुरुष फुटबलको सेमिफाइनल समीकरण पूरा

पाकिस्तानले वेस्ट इन्डिजलाई हरायो

Leave a comment

Your email address will not be published. Required fields are marked *