कर्णालीमा डुंगा दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ बेपत्ता

सुर्खेत । कैलालीको मोहन्याल गाउँपालिका–३ राँगाबाट कर्णाली नदी हुँदै सुर्खेतको चौकुने गाउँपालिका–४ रोपखाली आउँदै गरेको डुंगा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा कैलाली जिल्ला मोहन्याल गाउँपालिका–३ रांगाकी १७ वर्षीया धनसरा सलामी छन् । उनका ढेड वर्षीया शिशुु गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

सोही दुर्घटनामा अन्य तीन जना बेपत्ता भएका छन्। बेपत्ता हुनेहरुमा मोहन्याल गाउँपालिका-३ रांगाका १७ बर्षीया पार्वती ढंगा मगर, १८ वर्षीया उर्मिला सलामी मगर र उनका ढेड वर्षका शिशु छन् ।

बालबालिकालाई खोप लगाउनका लागि सुर्खेतको चौकुने गाउँपालिका–४ बिचौरा स्वास्थ्य चौकी जान लागेका थिए । घटनास्थलमै रहेका चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगनसिंह पाण्डेका अनुसार बेपत्ताहरूको स्थानीयले खोजी गरिरहेका छन् ।

डुंगा चालक दीपेन्द्र आले भने सकुशल छन् । डुङ्गामा पानी परेर हुत्तिएपछि दुर्घटना भएको चालकले बताएका छन् ।

कर्णालीमा डुंगा दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ बेपत्ता

कोरोनाले थलिएको पोखरा विस्तारै तङ्ग्रिँदै

कर्णालीमा डुंगा दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ बेपत्ता

विश्वमा एकै दिन पाँच लाख २८ हजारमा

Leave a comment

Your email address will not be published. Required fields are marked *