अबदेखि सांसदहरूको तलबभत्ता पनि सरकारी बैंकबाट मात्रै आउने

काठमाडौं : प्रतिनिधिसभा सांसदहरूले तलब भत्ता सरकारी बैंकबाट पाउने भएका छन्। लामो समयको निजी बैंकबाट हुँदै आएको संघीय संसद् सचिवालयको सम्पूर्ण सरकारी कारोबार पूर्णसरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्न लागिएको हो।

संसद् सचिवालयले केही महिनायता पहल गरेर सांसदहरूको तलब–भत्ता सरकारी बैंकमार्फत पठाउने व्यवस्था गरेको हो । चालु आर्थिक वर्ष अर्थात् साउनदेखिको तलब–भत्ता अब राष्ट्रिय वाणिज्य बैंकमार्फत संसद् सचिवालयको प्रवक्ता डा. रोजनाथ पाण्डेले एक विज्ञप्ति जारी गर्दै बताएका छन्।

प्रवक्ता पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसअघि संघीय संसद्को बैठकमा सांसदहरूले पटक-पटक सरकारी खाता निजी बैंकमार्फत सञ्चालन गरिएको विषय उठाउनुभएको र अन्य सार्वजनिक कार्यक्रमहरू र संचार माध्यमहरूमा समेत यो बिषय उठान भएको थियो। यस विषयमा कुरा उठे पनि कार्य प्रगति हुन सकिरहेको थिएन।’

सभामुखको गम्भीर ध्यानाकर्षणसँगको निर्देशनअनुसार संघीय संसद सचिवालयले २०७७ मंसिर १८ गते सरकारी कारोबार गर्ने बैंक परिवर्तन गरी पूर्ण सरकारी स्वामित्व भएको बैंक, राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो।

२०७७ माघ ११ को पत्रबाट आर्थिक वर्षको बीचमा खाता परिवर्तन गर्न कठिनाइ हुने जानकारी अर्थ मन्त्रालयबाट प्राप्त भएको थियो। सचिवालयले २०७८ असार ३१ गते पुनस् ताकेता गरी खाता परिवर्तनका लागि अनुरोध गरेको थियो।

सभामुखको पहलपछि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रकको कार्यालयमार्फत हालै सिंहदरबारस्थित सबै कार्यालयका सरकारी खाताहरू सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक मार्फत संचालन गर्न निर्देशन दिएको छ।

यस्तै, राष्ट्रिय बाणिज्य बैंकलाई समेत सिंहदरबार शाखाको स्तरोन्नति र सेवा सुविधा विस्तारको लागिसमेत अनुरोध गरिएको छ। यसअघि सरकारी खाताहरू एभरेष्ट बैंकमार्फत सञ्चा‍लन गरिएको थियो।

अबदेखि सांसदहरूको तलबभत्ता पनि सरकारी बैंकबाट मात्रै आउने

शहिदका सपनाको “बलात्कार” गर्दै कर्णाली !

अबदेखि सांसदहरूको तलबभत्ता पनि सरकारी बैंकबाट मात्रै आउने

YUGAAWHAN NATIONAL DAILY (2078-04-17)

Leave a comment

Your email address will not be published. Required fields are marked *