बेलायतमा जनवरीपछिकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिए

एजेन्सी । बेलायतमा गएको जनवरी महिना पछिकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित बुधबार थपिएका छन्। बेलायतमा पाँच महिनापछि बुधबार सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका हो। बुधबार २६ हजार ६८ जना कोरोना भाइरसका संक्रमित भेटिएका हुन्।

गएको २४ घन्टामा बुधबार ती संक्रमित भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।

बेलायतमा अहिलेसम्ममा कोरोनाका ४८ लाखभन्दा बढी संक्रमित पुगेका छन्। बेलायतमा कोरोना भाइरसबाट अहिलेसम्म कम्तीमा १ लाख २८ हजार १४० जनाको मृत्यु भइसकेको छ। बुधबार मात्र १४ जना संक्रमितको मृत्यु भएको छ।

अधिकारीहरूले पछिल्लो समयमा फेरि बेलायतमा दैनिक देखिने संक्रमितको संख्या बढ्न थालेको बताएका छन्। यहाँ संक्रमित देखिएको तुलनामा मृत्यु दर भने कम हुदै गएको पाइएको छ। यहाँ केही महिना अघिदेखि संक्रमित घट्दै गएकोमा पछिल्ला केही हप्तामा संक्रमित बढ्दै गएको देखिएको छ।

बेलायतमा जनवरीपछिकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिए

बडालेकमा विमानस्थल निर्माण कति आवश्यक ?

बेलायतमा जनवरीपछिकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिए

खुलामञ्च खुला नै राखौं

Leave a comment

Your email address will not be published. Required fields are marked *