क्यान्सर पीडितलाई आर्थिक सहयोग

सुर्खेत, १५ मंसिर ।

सुर्खेतको भेरीगंगा नगरपालिका ११ का एक युवकलाई शिखर मा।बि भु।पु बिद्यार्थी समाजबाट उपचारका लागी आर्थिक सहयोग प्राप्त भएको छ । भु पु विद्यार्थी समाजले विभिन्न माध्यमबाट आर्थिक संकलन गरी शिखर मा.वि मा अध्यनरत भेरीगंगा ११ राताचौरमा बस्ने चक्र बहादुर रानाका छोरा बर्ष २४ का नवीन रानाको कलेजो क्यान्सर भई हाल भरतपुर क्यान्सर अस्पतालमा गराई रहेका उनलाई शिखर मावि भु.पु विद्यार्थी समाजको पहलमा सतासी हजार पाँच सय आर्थिक सहयोग आएको थियो ।

समितिले उक्त रकम हस्तान्तरण गर्दै समितिका सचिव खड्क शाहीले विभिन्न ठाउमा रहेतापनी मानबिय सेवामा समर्पित भै यस अभियानमा जोडिने सहयोगी मनहरुलाई धन्यवाद ब्यक्त गरे ।

यस्तै शिखर मावि भुत पूर्व विद्यार्थी समाजका अध्यक्ष नरेश खड्काले समितिले आगामी दिनमा यस्तै सामाजिक कार्यक्रमका साथै आफुले अध्यन गरेको बिधालयको लागि निरन्तर आफ्नो तर्फबाट सहयोग गर्दै जाने र सम्पुर्ण भुत पुर्ब बिद्यार्थीलाई सहयोग र गोलबन्ध हुन समेत आग्रह गरेका थिए ।

क्यान्सर पीडितलाई आर्थिक सहयोग

कर्णालीमा हुनुपर्ने प्रहरीका संरचना अझै नेपालगञ्जमा

क्यान्सर पीडितलाई आर्थिक सहयोग

मोटे ग्याङ्गद्धारा सहयोग रकम संकलन

Leave a comment

Your email address will not be published. Required fields are marked *