जुनिचाँदेका पाँच वटा वडा कार्यायलको सेवा बन्द

जाजरकोट, ५ साउन ।

जाजरकोटको जुनिचाँदे गाउँपालिकाको पाँच वटा वडा कार्यालयले सेवाप्रवाह बन्द गरेका छन् । वडा नं. ४, ५, ७, ८ र ११ नम्बर वडाले सेवा प्रवाह बन्द गरेको हुन् । पाँच वटा वडाको भावना विपरित प्रशासनिक केन्द्रले परिवर्तन गरिएको भन्दै सेवा प्रवाह बन्द गरेको वडा नं. ४ का हरिबहादुर खड्काले जानकारी दिए । ‘पाँच वटा वडाको भावना विपरित लकडाउनको बेला प्रशासनिक केन्द्र परिवर्तन गरिएको छ’ उनले भने, ‘सिमित व्यक्तिको स्वार्थमा कुकिछिपी केन्द्र बन्द गरेपछि सेवा बन्द गर्न बाध्य भएका हौँ ।’

लामो समयदेखि गाउँपालिकाको केन्द्र लुहादह कि पराले भन्ने विषयमा विवाद छ । गाउँपालिकाको प्रशासनिक केन्द्र पराले उल्लेख गरेर राजपत्रमा सूचना प्रकाशित भएपछि अर्काे पक्षले सर्वाेच्च अदालत पुगेको थिए ।

जुनिचाँदेका पाँच वटा वडा कार्यायलको सेवा बन्द

मध्यपहाडी लोकमार्गको अन्तिम खण्ड स्तरोन्नति सुरु

जुनिचाँदेका पाँच वटा वडा कार्यायलको सेवा बन्द

कार्यक्रम नै नगरी १५ लाख बजेट झ्वाम

Leave a comment

Your email address will not be published. Required fields are marked *