कार्यक्रम नै नगरी १५ लाख बजेट झ्वाम
सुर्खेत, ५ साउन ।
जुम्लाको चन्दननाथ नगरपालिकाले कार्यक्रम नै नगरेर १५ लाख ६२ हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।
लगानी सम्मेलनका लागि २० लाख बजेट विनियोजन गरेको नगरपालिकाले तयारी बैठक भत्ता, मसलन्द, प्रोमो निर्माण, फ्लेक्स छपाइ, ट्रेकिरुट म्याप लगायतका काममा १५ लाख ६२ हजार रुपैयाँ रकम खर्च गरेको छ । तर लगानी सम्मेलन नै आयोजना भएन ।
यस्तै सल्यानको शारदा, बागचौर, जाजरकोटको भेरी र जुम्लाको चन्दननाथ नगरपालिकाले सभाबाट पारित गरेको एक करोड १४ लाख ५३ हजार चालु खर्च पूँजीगत बजेटमा समावेश गरी वितरणमुखि कार्यक्रम खर्च गरेका छन् । यसलाई पनि महालेखाले बेरुजुमा राखेको छ ।