बाफिकोट ६ का कृषकलाई निःशुल्क बीउ वितरण

प्रचण्ड खत्री
रुकुम पश्चिम, २१ भदौं ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका वडा नम्बर ६ का कृषकहरुले निःशुल्क तरकारीको बीउ पाएका छन् । वडा कार्यालयले वडाका करिव २६ सय ५० घरधुरीलाई तरकारीको बीउ वितरण गरेको हो । वडामा रहेका अगुवाई कृषि समूहमार्फत प्रत्यक टोलका कृषकहरुलाई बमौसमी तरकारीको बीउ वितरण गरिएको वडा अध्यक्ष मनोज कुमार अधिकारीले जानकारी दिए ।

वडा कार्यालयको २० हजार रुपैँयाको लगानीमा तरकारीको बीउ खरिद गरी प्रत्येक टोलका कृषकहरुलाई वितरण थालिएको वडा अध्यक्ष अधिकारीको भनाई छ । ६ नम्बर वडाबासी कृषकले अहिलेसम्म निःशुल्क बीउ पाएका थिएनन । पहिले पटक बीउ पाएपछी कृषकहरु हर्षित भएका छन् । १९ गत्तेदेखि बीउ बितरण थालिएको र २४ गत्ते सम्म जारी रहने वडा कार्यालयले जनाएको छ ।

वडा अध्यक्ष अधिकारीका अनुसार सबै कृषकहरलाई काउली, भन्दा, भाजी, रायो, गाँजर, मुला लगायतका तरकारी तथा सागको बीउ वितरण गरिएको थियो । ६ नम्बरबासीका कृषकहरको घर घरमा कम्तीमा पनि एक/एक वटा करेसा बारी होस र घरमा खाने तरकारी उत्पादन कृषक आफैले गरुन भन्ने उद्देश्यले विउ वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

सबैको घर घरमा तरकारी तथा हरियो सागसब्जी उत्पादन भएपछी बालबालिकाहरुलाई खुवाउन सहज हुने र कुपोषण पनि कम हुने विश्वास गरिएको वडा अध्यक्ष अधिकारीको भनाई छ । बर्षाद गएसंगै समय सकिएपछी हिउँदको समयमा गाउँघरमा तरकारीको अभाव हुने भएकाले त्यस्तो समस्याको समाधान गर्न र कृषकहरुलाई तरकारी खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले अहिले वडाका सबै कृषकहरुलाइ निःशुल्क रुपमा विउ वितरण गरिएको हो । तरकारीको विउ लिन छुटेका कृषकहरुले गाउँमा रहेका कृषी समूहमा सम्पर्क गर्न आग्रह समेत गरिएको छ ।

बाफिकोट ६ का कृषकलाई निःशुल्क बीउ वितरण

कर्णालीको बालस्वास्थ्य : मैले जे देखें

बाफिकोट ६ का कृषकलाई निःशुल्क बीउ वितरण

खतिवडा अर्थ सल्लाहकारकाे चर्चा

Leave a comment

Your email address will not be published. Required fields are marked *