बाढी पहिरोको पूर्व सूचना अब नगरपालिकाबाटै पाइने

सुर्खेत, १८ असोज ।
वर्षातका कारण निम्तिने विपद जोखिमलाई न्युनिकरण गर्न जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतको साझेदारीमा वीनपा –१४ गोठिकाँडामा स्वचालित बाढि पूर्वसूचना प्रणाली सन्चालनमा आएको जानकारी वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा दिइएको छ । नेपाल रेडक्रस सोसाइटिको शहरी वीपद जोखिम व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा वीरेन्द्रनगर नगरपालिकामा पूर्व सूचना प्रणाली स्थापना भएपछि पूर्वानूमान र पूर्व सूचना दिन सहज हुनेकुरा कार्यक्रमका आयोजकहरुले बताएका छन ।

आकासबाट परेको पानीको मापन,तापक्रम मापन र आद्रता मापन गर्ने उक्त बाढि पूर्व सूचना प्रणाली मौसम विज्ञान कार्यालयमा जडान भएको र वीरेन्द्रनगर नगरपालिकाको डिस्प्ले बोर्डमा समेत देखिने र त्यसलाई नगरपालिकाको कार्यालयमै बसीबसी कति पानी पर्यो र बाढि आउँदै छ छैन भनेर जानकारी पाउन सकिने नगर प्रमुख देबकुमार सुवेदिले कार्यक्रमको मुख्य अतिथिको आशनबाट बोल्दै बताएका हुन ।उनले परियोजनाकै पहलमा वीरेन्द्रनगर नगरपालिकाको भौगोलिक क्षेत्रभित्र एसएमएस घेरा निर्माण भई बाढिसम्बन्धी सतर्कता सन्देशसमेत जोखिम क्षेत्रका घरबस्तिमा पठाउने ब्यवस्था गरिएको जानकारी पनि मेयर सुबेदिले दिए ।
जलतथा मौसमसम्बन्धी पूर्व सूचना प्रणालीबारे आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा सभापतिको आशनबाट बोल्दै नेरेसो सुर्खेतका सभापति रामलाल आचार्यले पूर्व तयारीको अभाबमा धेरै धनजनको क्षति ब्यहोरेको सुर्खेतले सूचना प्रणालिको स्थापना पछि जोखिम न्यूनिकरण हुँदै जाने बताए । उनले यो पूर्व सूचना प्रणालीले वीनपा क्षेत्र र वराहताल गाउँपालिकामा समेत काम गर्ने बताए ।
जोखिम न्यूनिकरणका लागि जलवायु तथा मौसम विज्ञान विभाग र कार्यालयले मौसम पूर्व अनुमान र पूर्व सूचना प्रवाहबारे के कस्तो काम गरिरहेको छ भन्नेबारे जानकारी ँिददै जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले खासगरि यो क्षेत्रको मानिसलाई बाढि पूर्व अनुमान र कृषि मौसम र हावा पानीबारे पूर्व सूचना पाउन जरुरी रहेको बताउँदै यसअघि ८ घण्टाकोमात्र पूर्व अनुमान गर्ने प्रविधि रहेकोमा अहिले ३ दिनसम्मको पूर्वानुमान गर्न सकिने र १५ दिनसम्मको बर्षाको पूर्वानुमानप्रविधिको विकास भएको बताए । उनले धनजनको जोखिम कम गर्न ३ घण्टा पुर्व सूचना पाउन सकेपनि धेरै उपलब्धि हुने दावि गरे । उनले अहिले मौसम विभागले मौसम सम्बन्धी सूचना बिहान ६ बजे नियमित हाल्ने गरेको र फेसबुक ओएवसाइड तथा ट्वीटरमार्फतपनि सूचना पाउन सकिने जानकारी दिए ।
बर्षातका कारण निम्तिने बाढी पहिरोकोसूचना सन्चार माध्यममा जति छिटो प्रवाह गर्न सक्यो त्यतिनै जोखीम कम हुने भएकोले पूर्व सूचना र पूर्वानुमानबारे जानकारी दिने विश्वासिलो माध्यम र दु्रत प्रवाहका लागि पत्रकारहरु भएकाले यो अन्तरक्रिया कार्यक्रम राखिएको प्रमुख पराजुलीले बताए । अन्तरक्रिया कार्यक्रममा वीनपा कार्यालयका कार्यकारीअधिकृत टिकाराम ढकाल र बरिष्ठ अधिकृत प्रकाश पौडेल समेतको उपस्थिति रहेको थियो ।






