२०८२ बैशाख १७ गते
×

Now Playing

पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम

तुलराज पाण्डे

कालिकोट, १८ मंसिर ।

खाँडाचक्र नगरपालिका वडा नम्बर ३ ताडि लाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम गरिएको छ। युनिसेफको आर्थिक सहयोग र नगर पुर्ण खोप समन्वय खाँडाचक्र नगरपालिका कालिकोटको आयोजनामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम लाई सम्बोधन गर्दै विशेष अतिथि समेत रहेका खाँडाचक्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खड्क प्रसाद उपाध्यायले राष्ट्रिय खोप ऐन २०७२ अनुसार १५ महिना सम्म नियमित खोप लगाए पछि पुर्ण खोप घोषणा गरेका छन् ।

खाँडाचक्र नगरपालिकाको वडा नम्बर लाई पुर्ण खोप घोषणा गरेर मात्र नहुने र सबै सेवाग्राहीले समयमै स्वास्थ्य संस्था मा आई सेवा लिन पनि आग्रह गर्नु भयो ।कार्यक्रम लाई सम्बोधन गर्दै विशेष अतिथि समेत रहेका खाँडाचक्र नगरपालिका नगर पुर्ण खोप समन्वय समिति एवं नगर(उप प्रमुख विजया विष्टले स्वास्थ्य नै धनहो भन्नेकुरा बुझ्न सबैले जरुरी रहेको बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका खाँडाचक्र नगरपालिका नगर(प्रमुख जसि प्रसाद पाण्डेले जनताको इच्छा र चाहाना अनुसार नगरले काम गरेको बताए ।पहिला उपचार गर्नको लागि जिल्ला अस्पताल जानुपर्ने बताएता समेत हटेको बताए । वडामा नै आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेका छौं आफू निर्वाचित भैसके पछि प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेको बताए ।

उक्त कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष महावीर पाण्डेको सभाअध्यक्षता र खाँडाचक्र नगर प्रमुख जसि प्रसाद पाण्डेको प्रमुख आतिथ्यता,खाँडाचक्र नगरपालिका नगर पुर्ण खोप समन्वय समिति एवं नगर(उप प्रमुख विजया विष्टको विशेष आतिथ्यता,खाँडाचक्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खड्क प्रसाद उपाध्यायको विशेष आतिथ्यता , खाँडाचक्र नगरपालिका शिक्षा शाखा प्रमुख जसि प्रसाद चौलागाईं , दिपक राज देवकोटा ,युनिसेफ कालिकोटका कार्यक्रम संयोजक गणेश रावल,वडा सदस्य नन्द पाण्डे ,लालसिंह पाण्डे ,जनजिवन मा।वि।का प्र।अ तेजबहादुर शाही ,कालिका आधारभूत विद्यालय का प्र.अ.धनकृष्ण पाण्डे , शिक्षक कल्पना सेजुवाल,आधारभूत स्वास्थ्य सेवा केन्द्र अनमिन संगिता बम,पाटी प्रतिनिधि ,समाजसेवी ,नागरिक समाज ,युवा,महिला स्वयमसेविका लगाएको सहभागी रहेको थियो । उक्त कार्यक्रम मा स्वास्थ्य वडा कार्यालय, आधारभूत स्वास्थ्य सेवा केन्द्र र महिला स्वयंसेविका लाई विशेष अतिथि ,प्रमुख अतिथिले प्रसंशा पत्र सहित सम्मान गरेका छन् ।उक्त कार्यक्रमको सञ्चालन खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रविन्द सेजुवाले गर्नु भएको थियो ।

वडा कार्यालय भाडाको भरमा

Leave a comment

Your email address will not be published. Required fields are marked *