कर्णालीका प्रहरीको त्रिपाल र भत्किएका घरमा बास

सुर्खेत, १८ भदौ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका ४४ जना प्रहरी दुई महिनादेखि त्रिपामुनी बस्दै आएका छन् । दोस्रो किस्ताको रकम नआएको भन्दै ठेकेदारले निर्माणधिन भवन अलपत्र छाडेपछि प्रहरी त्रिपालमा रात विताउन बाध्य छन् । त्यही अधुरो भवनमै प्रहरी त्रिपाल टाँगेर बस्न बाध्य छन् । हिमाली क्षेत्र भएका कारण भदौ लागेसँगै डोल्पामा विस्तारै चिसो बढ्न थालेको छ ।

छानो विहीन भवनभित्र पाल टाँगेर बस्नुपर्दा सुरक्षाकर्मीलाई चिसोले सताउने अवस्था छ । न्युन सेवा सुविधामा खटिने प्रहरीलाई ढुक्कसँग बस्ने बाससमेत छैन । बस्ने भवन नै नभएपछि मानसिक रुपमा कमजोर महशुस हुने गरेको सुरक्षाकर्मीहरु बताउँछन् । मानसिक रुपैमै प्रहरीहरु कमजोर बनेका छन् ।

कर्णाली प्रदेश सरकारको सहयो गमा बन्न लागको प्रहरी भवन दुई महिनादे खि अलपत्र छ । ‘पहिलो किस्ता ५५ लाख रकम आयो, दोस्रो किस्ताको रकम नआएपछि ठेकेदारले भवन अलत्र छोडे को छ’ डोल्पाका प्रहरी नायव उपरिक्षक नारायण रञ्जितकारले भने, ‘एकसय चार जना प्रहरीमध्ये ६० जनालाई जस्तापाता र पाल टाँगेर बसालेका छौँ ।’ कात्तिक महिनादेखि अत्याधिक चिसो बढ्ने डो ल्पामा पुसमाघसम्म हिउँका कारण झ्यालढोका थुनेर बस्नुपर्छ । भदौ लागेसँगै त्रिपालका बसेका प्रहरीलाई कसरी राख्ने भन्ने चिन्ताले सताउन थाले को छ ।

डोल्पामा जिल्ला प्रहरी कार्यालयसहित २६ वटा प्रहरी युनिट छन् । तर तीन वटामा मात्रै भवन छन् । ति मध्ये १८ वटा प्रहरी युनिट विद्यालय, स्वास्थ्य चौकी, खाद्यान्नको गोदाम, गाउँपालिका भवन लगायतका भवनको जोहो गरेर बसेका छन् । भवन नभएकै कारण उपल्लो डोल्पामा ६ महिना मात्रै प्रहरी बस्ने गरेका छन् ।

‘उपल्लो डो ल्पामा कतै पनि सुविधा सम्पन्न भवन छैन्, सामान्य ब्यवस्थापनले हिँउदमा ज्यान जोगाउन गाह्रो हुन्छ’ डीएसपी रञ्जीतकारले भने, ‘चिसो थेग्ने भवन अभावकै कारण नहुँदा ६ महिनामात्रै प्रहरी बस्छ ।’ चीनसँग सिमाना जोडिएको क्षेत्रमा १२ महिना उपस्थिति आवाश्यक छ । तर भवन अभावकै कारण ६ मिहना मात्रै प्रहरी बस्ने गरेको छ ।

उपल्लो डोल्पामा सातवटा प्रहरी युनिटमध्ये छार्काताङ्सोङ् गाउँपालिकाको कागकोट प्रहरी चौकी र शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङ्ग प्रहरी चौकीबाहे क पाँच स्थानमा ६ महिना मात्रै प्रहरी बस्ने गरेका छन् । त्यस्तै जाजरकोटको कुशे गाउँपालिका वडा नं. ८ मापर्ने प्रहरी चौकी पैंकको अवस्था पनि विजोग नै छ । अविरल वर्षाका कारण साउन १३ गतेराती प्रहरी बस्ने भवन भत्किएको छ । भवन भत्किए देखि हिजोआज पनि सुरक्षाकर्मी बिचल्लीमा छन् ।

चौकीका इञ्चार्ज मायालाल बुढाका अनुसार भवन भत्कीएपछि सुरक्षाकर्मीलाई खाना, बस्न र सुत्न कठिनाइ भएको छ । डोल्पा र जाजरकोटमा मात्रै होइन, कर्णालीका अन्य प्रहरी यूनिटको अवस्था पनि उस्तै छ । आफ्नो भवन नहुँदा पुराना र जीर्ण भवनमा सुरक्षाकर्मी बस्न बाध्य छ । हिमाली जिल्लाहरुमा सुविधायुक्त भवन नहुँदा गर्मी याममा मात्रै प्रहरीले गाउँमा जाने गरेका छन् ।

यता कर्णाली प्रदेश सरकारले भने प्रहरीको जीर्ण र अत्यावश्यक ठाउँमा भवन निर्माण गर्न पाँच करोड बजेट खर्च गरेको छ । प्रहरी कार्यालयका भवनहरु निर्माणका लागि गत आर्थिक वर्षमा पाँच करोड रुपैयाँ खर्च भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशका दश वटै जिल्लाका जिर्ण र अतिआवश्यक प्रहरी यूनिटहरुको भवन निर्माण गरिएको हो । यद्यपी कोरोना भाइरसको असरले अधिकाँश भवनको निर्माण सम्पन्न भएको छैन ।

भवन नहुँदा सेवा प्रवाहमा समस्या
प्रहरी कार्यालयका आफ्ना भवन नहुँदा सेवा प्रवाहमा पनि समस्या हुने गरेको छ । पुराना र जिर्ण भवनमा बस्दा अकल्पनीय दुर्घटना पर्न सक्ने प्रहरीको भनाइ छ । कतिपय अवस्थामा असुरक्षित भवनकै कारण सुरक्षाकर्मीको मनोबल घट्ने र गोप्य कामहरु गर्दा समस्या हुने गरेको प्रदे श प्रहरी कार्यालय सुर्खेतको भनाइ छ ।

‘भवन भएको खण्डमा सेवा प्रवाह सहज बनाउन सहयोग मिल्छ’ प्रदेश प्रहरी प्रमुख वसन्त पन्तले भने, ‘आफ्नो भवन नहुँदा से क्रेट कामहरु गर्न असहज हुन्छ ।’ समुदायका सबै नागरिक एउटै प्रकृतिका नभएको भन्दै असहज परिस्थितिमा प्रहरीलाई काम गर्न कठिन हुने उनको भनाइ छ ।

आफ्नै भवन भएमा प्रहरीको मनो वल उच्च हुने, कार्यदक्षता बढ्ने, घरभाडा जोगिने, सुरक्षा योजना कार्यान्वयनमा सहजता आउने, सेवाग्राहीलाई पनि सहज हुने र घामपानीबाट पनि प्रहरी कर्मचारीहरु सुरक्षित हुने भन्दै प्रदेश प्रहरी कार्यालयले भवनका लागि पहल भइरहेको जनाएको छ ।

प्रहरीका एकसय ३४ यूनिटमा छैनन् भवन
कर्णाली प्रदेशमा शान्ति सुरक्षा कायम गर्नका लागि विभिन्न स्थानमा प्रहरीका एकसय ९४ वटा युनिटहरु छन् । प्रदेश प्रहरी कार्यालयदेखि सिमा प्रहरी चौकीसम्म सुरक्षाकर्मीको उपस्थिति पनि छ । तर हाल जम्मा ६० वटा यूनिटमा रहे का प्रहरीले मात्र आफ्नै भवनमा बस्न पाएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार कुल एकसय ९४ वटा प्रहरी यूनिटमध्ये एकसय ३४ वटा स्थानमा प्रहरीका आफ्ना भवन छैनन् । जसमध्ये ७० वटा प्रहरी चौकी, २१ वटा इलाका प्रहरी कार्यालय, आठ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रदेश ट्राफिक प्रहरी कार्यालय हाल भाडाका भवनमा बसिरहे का छन् ।

त्यस्तै १२ वटा प्रहरी चौकी, चार वटा इलाका प्रहरी कार्यालय, एउटा नगर प्रहरी कार्यालय र एउटा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाताले दिएको भवनमा बसेका छन् । त्यस्तै नौ वटा प्रहरी चौकी, एउटा सशस्त्र प्रहरी गुल्म, एउटा जिल्ला ट्राफिक कार्यालय, एउटा सशस्त्र प्रहरी गण, एउटा प्रदेश तालिम केन्द्र र एउटा संघीय प्रहरी इकाइ कार्यालयले भने घरभाडा छुट पाएका छन् ।

कर्णालीका प्रहरीको त्रिपाल र भत्किएका घरमा बास

सम्पादकीय : सार्वजनिक यातायात व्यवस्थित गर

कर्णालीका प्रहरीको त्रिपाल र भत्किएका घरमा बास

जुम्लाका प्रजिअलाई कोरोना संक्रमण

Leave a comment

Your email address will not be published. Required fields are marked *