२०८३ मंसिर १२ गते
वीरेन्द्रनगर, सुर्खेत 22°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

डोल्पा अस्पतालको डिपिआरमा त्रुटीनै त्रुटी

रामचन्द्र न्यौपाने
डोल्पा, १७ भदौं ।
सदरमुकाम दुनैमा अस्पताल निर्माणका लागि तयार पारिएको पुरानो विष्तृत योजना प्रतिबेद(डिपिआर) को मुद्धा पेचिलो बनेको छ । पुरानो डिपिआर सच्याउनु पर्ने भन्दै जनताहरु चौतर्फि बिरोधमा उत्रियकाछन् । अस्पतालको पुरानो डिपिआर नेपाल सरकार स्वास्थ्य मन्त्रालय,स्वास्थ्य सेवा विभाग ब्यवस्थापन शाखा,स्वास्थ्य भवन पुर्वाधार निर्माण मापदण्ड २०७३ अनुसार नभएको भन्दै चर्को बिरोध भएको छ ।

पुरानै शैलीको डिपिआर अमान्य भएको भन्दै सच्याउन माग गरेर दुनैमा प्रत्येक दिन जिल्लाका सरोकारवाला निकायहरु भेलाहुने हुने र समस्या सामाधानका बिषयमा खोजी गर्ने गरेकाछन् । अहिलेको आधुनिक समयमा अस्पताल निर्माणमा खेलाँची गरेर बिस–तीस बर्ष अघि बनाइएको जस्तो अस्पताल बनाउन खोजिएको भन्दै आपत्ति जनाएका हुन् ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको अनुरोधमा संघिय स्वास्थ्य मन्त्रालयको नेपाल स्वास्थ क्षेत्र सहयोग कार्यक्रम (डि.एफ.ए.आई.डी )ले डिपिआर तयार पारेको हो । हाल भएको पन्ध्र शैयाको जिल्ला अस्पताललाई स्तरउन्नती गरेर पचास शैयाको बनाउने गरि २९ करोड रकमको स्टमेट गरिएकोमा आव ०७७/०७८ मा दश करोड बजेट बिनियोजन गरिएको हो ।

के छ पुरानो डिपिआरमा
नयाँ बन्ने अस्पतालको संरचनामा स्थानीय सामग्री तथा जस्ता पाता प्रयोग गरेर पुरानै शैलीको एक तले बन्ने गरि डिपिआर तयार पारिएको छ । पुरानो डिपिआरमा आरसीसी ढलानयुक्त बहुतले नभएको, आवाश्यक उपकरण जोड्न न्युनतम संरचना नभएको,मुर्दाघर र फोहोर ब्यवस्थापन संरचना बस्ती नजिक बनाईएको,नयाँ बन्ने संरचना छरिएर रहेकाले कर्मचारी,स्रोत साधन र सुरक्षाको दृष्टिकोणले अनुपयुक्त रहेको,सार्वजानिक डिपिआरको थ्री डी र साईट प्लान अनुसार मेल नखाएको,जिल्लाका सरोकारवाला निकायसँग छलफलनै नगरि एकतर्फि रुपमा डिपिआर तयार पारिएको लगाएतका रहेको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए ।

दुई बर्ष अघि तयार पारिएको डिपिआर अनुसार काम अघि बर्डाइए कुनैपनि हालतमा निर्माणकार्य अवरुद्ध गरिने उनले चेतावनी दिए । अस्पतालको डिपिआरमा सच्याई आर.सी.सी ढलान सहितको पिल्लरवाला बहुतले बन्नेगरि पुनःतयार पार्न मन्त्रालयलाई उनले आग्रह गरेकाछन् । पुरानो डिपिआरको बिरोध अस्पताल व्यबस्थापन समिति,निर्वाचित सांसद बिद्यार्थी नेता,स्वास्थ्यकर्मी,नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजिवि लगाएतका सरोकारवाला पक्षले गरेकाछन् ।

चिकित्सकको चर्को बिरोध
पुरानो डिपिआरको बिरोधमा जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरु समेत उत्रियएका छन् । पुरानो डिपिआरको भवन बनाई बिरामिमैत्री नहुने उनिहरुको दाबी छ । “घरघरि अस्पताल निर्माण हुने होईन्,पचासँ बर्ष पछिको अवस्था सोचेर अस्पताल निर्माण गरिनु पर्छ”डाक्टर मच्छिन्द्र बडुवालले भने ।

“जिल्ला अस्पतामा तीन जना स्थानीय डाक्टर कार्यरत छौँ,हाम्रै पालामा कुनै पनि हालतमा यस्तो पुरानो अस्पताल निर्माणहुन दिँदैनौ,यदि पुरानै शैलीको भवन निर्माण गरिए डाक्टरहरु समेत आन्दोलनमा उत्रिने पक्का छ” उनले थपे । स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख डाक्टर सिजन रावलले पुरानो डिपिआरमा हस्पिटलमा चाहिने टिकट काउन्टर,ल्याव,बहिरङ्ग सेवा,ओपिडि काउन्टर,फामेर्सी लगायतका दजर्नौ संरचनाहरु नसमेटिएको बताए ।

त्यसैगरि अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र बहादुर रोकायले अस्पताल निर्माणकालागि बजेट छुट्याइएकोमा सामाजिक विकास मन्त्रालयलाई धन्यवाद दिँदै पुरानो डिपिआरमा भएका त्रुत्रीहरु सच्याउन माग गरेकाछन् । जिल्लाको एक मात्र अस्पतालको संरचना निर्माण गर्ने कुरा सोच बिचार गरेरमात्र गर्नुपर्ने भएकाले पुरानो डिपिआर सच्याउन उनिहरुले माग गरेका हुन् ।

सरकारको करोडौँ रुपैयाँ रकम खर्च गरेर बनाउन लागेको अस्पताल आधुनिक बन्नुपर्ने ठुलिभेरी नगरपालिका ३ का समाजसेवी ओमेन्द्र केसीले बताए । डोल्पासम्म बाटो पुगिसकेकाले निर्माण सामग्री नपाइने बहानामा पुरानौ डिपिआरमा टेकेर निर्माण प्रक्रिया अगाडी बडाए आन्दोलनमा समेत उत्रिने उनले चेतावनी दिए ।

के भन्छन् डोल्पाको जनप्रतिनिधि
डोल्पा प्रदेश क बाट निर्वाचित सांसद तथा प्रदेश सरकारका उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री नन्द सिँह बुढाले अहिलेको अवस्थामा बनाएको संरचना पचास बर्ष पछिसम्म धान्ने हुनुपर्ने बताए । हरेक विकास जनताको मन जितेर गनुपर्ने भएकाले संरचना निर्माणकालागि बजेट आएरमात्र नहुने र दिगो लक्ष्य समेत लिनुपर्ने उनको भनाई छ ।

मन्त्री बुढाले पहिले जस्तो डोल्पा नभएको बताउँदै अहिले सहज रुपमै निर्माण सामग्रीहरु पुग्ने भएकाले डिपिआर सच्यायर आधुनिक संरचना निर्माण गरिनु पर्ने बताए । पुनःडिपिआर तयार पार्ने बिषयमा प्रदेश र केन्द्रमा लागिरहेको बताए । प्रदेश ख बाट निर्वाचित सांसद बिरबहादुर शाहीले पुरानो डिपिआर कुनैपनि हालतमा मान्य नहुने बताए ।

अस्पताल निर्माणका लागि बजेट पर्नु सकारात्मक कुरा भएको बताउँदै समय सापेक्ष दिगो एवं भरपर्दो विकासगर्नु पर्ने उनको भनाई छ । पुरानो डिपिआर सच्याउने बिषयमा आफु जोडदार हिसाबमा लागि रहेकाले फेरी पनि सामाजिका विकास मन्त्री र प्राविधिकहरु बसेर सँग छलफल गर्ने बताए ।

के भन्छन मन्त्री रावल
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले डिपिआर परिवर्तन गर्न धेरै समय लाग्ने भएकाले बजेट फ्रिज पनि जानसक्ने बताए । “जिल्ला अस्पताल भवनको नाजुक अवस्था देखेर बहु बर्षिय आयोजनाको रुपमा बजेट छुट्याइएको हो,देशभरका अस्पताल बनाउने सरकारी कन्सलटेन्सीले डिपिआर तयार पारेको हो,कसरी बिरोध भयो अचम्ममा परेको छु” मन्त्री रावलले भने । “डोल्पाको भौगोलिक अवस्था,जनघनत्व सबै सोचेर डिपिआर तयार पारिएको हो,चौतर्फि बिरोधनै हुन्छ भने यो बिषयमा एक पटक छलफल गरौला” उनले थपे ।
डिपिआर नसच्याइएसम्म निर्माण प्रक्रिया अघि बड्नै नदिने नागरिक समाजले जनाएको छ ।

डोल्पा अस्पतालको डिपिआरमा त्रुटीनै त्रुटी

प्रधानमन्त्रीलाई ‘महाभूल’ नगर्न प्रचण्डको चेतावनी

डोल्पा अस्पतालको डिपिआरमा त्रुटीनै त्रुटी

एकै वडाका २० जनामा कोरोना संक्रमण

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!