खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिँदै

प्रभुराम पाण्डे
कालीकोट, १६ भदौं ।
कालीकोट जिल्लाका सबै स्थानीय तहमा खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिने भएको छ । डिवाससिसी कालिकोटको वैठकले स्थानीय तहमा तत्काल समितिहरु गठन गर्ने निर्णय गरेको हो । डिवाससिसि संयोजक तथा जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाहीको अध्यक्षतामा सोमबार बसेको बैठकले सो निर्णय गरेको जिल्ला खानेपानी तथा सरसफाइ महासंघका अध्यक्ष चित्रसिंह गाउँलेले युगआव्हान राष्ट्रिय दैनिकसंग जानकारी गराउनु भएकोछ ।

उहाँका अनुसार बैठकले गाउँ तथा नगरपालिकामा खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति गठनका लागि खाँडाचक्रमा खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय, महावैमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) तिलागुफा, शुभकालिका र पलातामा किर्डाक नेपाल कालिकोटलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

त्यसैगरी नरहरिनाथमा हुरेण्डेक नेपाल, सान्नी त्रिवेणीमा सहकर्मी समाज, रास्कोट र पचालझरनामा रेडक्रस कालीकोटले गठन गर्ने गरी निर्णय भएको छ । बैठकको निर्णय अनुसार स्थानीय तहमा बाढीपहिरोले खानेपानी का संरचनामा गरेको क्षतिको लगत समेत संकलन गरी संरचना निर्माण वा पाइप वितरण कार्य अघि बढाइने भएको छ भने कोरोन्टाइन बनाइएका बिद्यालय निर्मुलीकरण प्रक्रियासमेत तत्कालै थालिने भएको छ ।

यसैबीच डिवासिसी बैठकलाई मध्यनजर गर्दै खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ कालिकोटले बाढी पहिरोले क्षति भएका खानेपानी आयोजना बारे महासंघ जिल्लालाई जानकारी गराउन जिल्लाका उपभोक्ता समितिहरुमा सर्कुलर गरेको महासंघ जिल्ला अध्यक्ष गाउँलेले बताउनु भयो ।

उहाँका अनुसार नरहरिनाथमा पहिरोले क्षति गरेकोले पानी खान बञ्चित उपभोक्तालाई तत्कालिन राहत स्वरुप खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालय कालिकोटद्वारा ५ हजार मिटर पाइप उपलब्ध गराइएको छ । त्यसैगरी अन्यत्रको पनि विवरण आएमा आवश्यक सहयोग गरिने र जिल्लाका सबै स्थानीय तहमा पानीको गुणस्तर सुधार र मापनको कार्यपनि अघि बढाउने डिवाससिसी कालिकोटले निर्णय गरेको छ ।

खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिँदै

उत्कृष्ट दश विद्यार्थीलाई छात्रवृत्ति, अनलाइनबाटै आवेदन

खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिँदै

सम्पादकीय : बस्ती स्थानान्तरण गर

Leave a comment

Your email address will not be published. Required fields are marked *