२०८३ मंसिर १२ गते
वीरेन्द्रनगर, सुर्खेत 22°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

उत्कृष्ट दश विद्यार्थीलाई छात्रवृत्ति, अनलाइनबाटै आवेदन

सुर्खेत, १६ भदौं ।
एसइइ उत्तिर्ण दश जना उत्कृष्ट विद्यार्थीहरुका छात्रवृत्तिको घोषणा गरिएको छ । कोभिड–१९ अन्तरगत विशेष कर्णाली छात्रवृत्ति कार्यक्रम घोषणा गरिएको हो । कर्णाली प्रदेशको B1 Group of Company ले सञ्चालन गरेको यस B1 College of Management & IT ले कर्णाली विशेष छात्रवृत्ति दिने जनाएको छ ।

कर्णाली लक्षित हालै एसइइ सकेर बसेका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट फर्म निःशुल्क भरिसकेपछि परीक्षा छनौंट विधिबाट (सबै अनलाइन परीक्षा) उत्कृष्ट १० जना विद्यार्थीलाई स्वदेशका उत्कृष्ट कलेजमा शत प्रतिशत वा केही आंशिक छुट दिने कलेजका सञ्चालक त्रिभुवन ढकालले जानकारी दिनुभयो । साथै सबैभन्दा राम्रो अङ्क ल्याउनेलाई उच्च शिक्षा निःशुल्कमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने गरी छात्रवृत्ति कार्यक्रम सञ्चालन ल्याएको कलेजका सञ्चालक ढकालको भनाई छ ।

कोभिड–१९ ले अभिभावक स्वयं छोराछोरीको शैक्षिक अवस्थामा चिन्तित रहेको बेला सार्वजनिक छात्रवृत्तिले कर्णालीका विद्यार्थी एवं अभिभावकमा खुशी आएको छ । उक्त कलेजले विषम परिस्थितिलाई ख्याल राखी अनलाईनदेखि नयाँ भर्ना कार्यक्रम एवं सम्पूर्ण शैक्षिक सञ्चालनमा ल्याएको कलेज प्रशासनले जनाएको छ । उक्त छात्रवृत्ति छनौंट प्रक्रियामा भाग लिन तलको लिङ्कमा गएर फर्म भर्नुहोला ।

आवेदन फारम भर्न यहाँ क्लिक गर्नुहोस :-

B1 COLLEGE OF MANAGEMENT AND IT

 

उत्कृष्ट दश विद्यार्थीलाई छात्रवृत्ति, अनलाइनबाटै आवेदन

YUGAAWHAN NATIONAL DAILY (2077-05-16)

उत्कृष्ट दश विद्यार्थीलाई छात्रवृत्ति, अनलाइनबाटै आवेदन

खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति गठन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!