अनमीमाथि जातीय विभेद गरेको आरोपमा स्वास्थ्य चौकीका इन्चार्ज पक्राउ

जिल्ला प्रहरी कार्यालय मुगुले अनमी तुल्सा विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा स्वास्थ्य चौकीका इन्चार्जलाई पक्राउ गरेको छ । सोरु गाउँपालिका–९ स्थित खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा उक्त स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । अनमी तुलसामाथि जातीय विभेद गरेको आरोपमा सुरजकी आमा झापु […]