युक्रेनमा अतिक्रमणको चेतावनी, दर्जन बढी देशहरुले नागरिकलाई युक्रेन छोड्न आग्रह

न्युयोर्क,३ फागुन ।
एक दर्जनभन्दा बढी देशहरुले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेका छन् । रसियाले कुनै पनि बेला युक्रेनमाथि अतिक्रमण गर्ने खतरा बढेको भन्दै पश्चिमेली देशहरुले चेतावनी दिइरहेका बेला विभिन्न देशले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेका हुन् ।
अस्ट्रेलिया, इटाली, इजरायल, द नेदरल्यान्डस, जापानले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेका छन् । केही देशले आफ्ना कूटनीतिक कर्मचारी र उनका परिवारलाई फिर्ता बोलाएका छन् । अमेरिका, जर्मनी, बेलायतलगायतका देशहरुले आफ्ना नागरिकलाई युक्रेन छोड्न भनेका छन् ।


क्यानडाले आफ्ना दूतावासका कर्मचारीलाई पोल्यान्डसँगको सीमाना जोडिएको पश्चिमी युक्रेनी शहर लिभिभमा सार्ने भएको छ । युक्रेनका लागि बेलायती दूत मेलिन्डा सिमोन्सले ट्विट गर्दै आफू र सम्पूणर् टिम किभमा बसेको जनाएकी छिन् ।
एउटा फोनवार्ता अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाली राष्ट्रपति भ्लादमिर पुटिनलाई अतिक्रमणको कुनै पनि मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै आएका छन् ।
उता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले अतिक्रमणको चेतावनीले युक्रेनमा त्रास बढेको बताउँदै आएका छन् ।

युक्रेनमा अतिक्रमणको चेतावनी, दर्जन बढी देशहरुले नागरिकलाई युक्रेन छोड्न आग्रह

कानून पढ्ने छात्रा विनिताले दिईन, कर्णालीका वन

युक्रेनमा अतिक्रमणको चेतावनी, दर्जन बढी देशहरुले नागरिकलाई युक्रेन छोड्न आग्रह

महाअभियोग काण्ड, कांग्रेस संसदीय दलको बैठक बस्दैछ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds